Purbi Command online

Purbi Command online

Share

all news

24/06/2026

मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा बारीमा उम्रिएको जंगली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन्। बुधबार बिहान पकाइएको खैरो रङको जंगली च्याउको तरकारी खाएपछि उनीहरूमा स्वास्थ्य समस्या देखिएको हो। बिरामी पर्नेमा ५३ वर्षीया प्रेमकुमारी राई, उनकी ५९ वर्षीया अमाजु दिदी पुनम भुजेल र १४ वर्षीय सिमोन राई रहेका छन्। उपचारका लागि तीनै जनालाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारेमा भर्ना गरिएको छ। अस्पतालका अनुसार उनीहरूको अवस्था हाल सामान्य रहेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। चिकित्सकहरूले पहिचान नभएका जंगली च्याउ विषालु हुन सक्ने भएकाले सेवन नगर्न आग्रह गरेका छन्।

24/06/2026

पथरी शनिश्चरे नगरपालिकाको १९ औं नगरसभा सम्पन्न भएको छ । आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न नगरसभामा विभिन्न समितिका प्रतिवेदन तथा आगामी आर्थिक वर्षका नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो ।
नगरसभामा नगर प्रवक्ता तथा वडा नं. ८ का वडाध्यक्ष नविन कार्कीले आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम तथा बजेट वक्तव्य प्रस्तुत गर्नुभयो । त्यसैगरी, विधायन समिति संयोजक तथा वडा नं. २ का वडाध्यक्ष नैना राईले शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७९ (दोस्रो संशोधन, २०८३) प्रस्तुत गर्नुभयो । यस्तै नगरका लेखा समिति सभापति/ वडा नं. १ का वडा अध्यक्ष भीम राईले लेखा समितिको प्रतिवेदेन प्रस्तुत गर्नुभएको थियो ।
यस्तै, सुशासन तथा संस्थागत विकास समितिका संयोजक विजय लिम्बुले सुशासन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यपालिका सदस्य तथा न्यायिक समिति सदस्य पदम धिमालले न्यायिक समितिको वार्षिक प्रतिवेदन २०८३ सभामा पेश गर्नुभएको थियो ।
नगरसभामा प्रस्तुत भएका सबै प्रतिवेदन तथा प्रस्तावहरू छलफलपछि सर्वसम्मत रूपमा पारित भएका छन् । नगरसभाका निर्णय, नीति तथा बजेट सम्बन्धी विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिने नगर प्रवक्ता नविन कार्कीले जानकारी दिनुभयो ।

24/06/2026

उर्लाबारी नगरपालिकाभित्रै डेंगीको लार्भा भेटियो, उपमेयरले लिइन् एक्सन ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00