Local Voice Nepal
"Voicing Every Corner of Nepal"
निवर्तमान शिक्षामन्त्री महावीर पुन भन्छन्, :मन्त्री हुनु जस्तो गाह्रो केही रहेनछ। अस्ति मन्त्री छोडेर अहिले म यहाँ आएको छु कति आनन्द छ!'
महोत्तरी, धनुषा जस्तो होईन, दमक धेरै सफा सुघ्घर ठाउँ हो.. वहाँ (बालेन) ले यहाँ आएर के गुइँठा बाल्न सिकाउने होर?” भन्ने अभिव्यक्ति कुन हदसम्म असंवेदनसील, ग़ैरजिम्मेवार, विभेदपूर्ण र अपमानजनक हो? त्यो पनि पटक पटक देशको प्रधानमन्त्री भएको मान्छेबाट ।
अस्ति भर्खरै पनि महेश बस्नेतद्वारा , बालेनले जनकपुर शभामा बोलेको शब्द "मधेसको छौरा" लाई अत्यन्तै तल्लो स्तरमा गएर टिप्पणी गरेका थिए ।
08/11/2025
पुर्व मन्त्री तथा चर्चित नेता र्मोहम्मद अफताव आलमको निधन भएको छ, हार्दिक श्रद्धाञ्जली!
आफ्नो र आफ्नो परिवारको लागि आउनुहोला स्थान खुमल्टार सेबोन अफिस शुक्रबार ठ्याक्कै ११ बजे : दिपेन्द्र अग्रवाल
22/10/2025
तुइन र काठको पूल बनाउने नेताहरु भन्छन ,
यो देश विदेशीले बिगार्यो,
Visa पाउनलाई तिमीहरुको घर धाउनु पर्छ ,
अरुलाई एजेन्ट भन्छौ !!!
आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउछ ,
काङ्रेसले एमालेको जलाउछ , दोश आफ्नो बाल बच्चालाई दिन्छौ !
चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ !
लाज लाग्दैन ?
-B***n Shah
16/10/2025
15/10/2025
Breaking News- अन्तत: जितेन्द्र सोनल बने मधेश प्रदेशका मुख्यमन्त्री ।
15/10/2025
BREAKING! दुई खेल अगावै नेपाल T20 विश्वकपमा पुगेको छ। भर्खरै UAE ले Samoa लाई हराएसँगै नेपाल र ओमान विश्वकप प्रवेश गरेका हुन् ।
15/10/2025
मधेस प्रदेश सरकारको नेतृत्वको लागि पाँच दलीय गठबन्धनद्वारा लोसपाको नेतृत्वमा दाबी पेश, नयाँ मुख्यमन्त्रीमा जितेन्द्र सोनल
15/10/2025
शेरबहादुर देउबा जेनजी आन्दोलनका घटनापछि हिजो पहिलोपटक सार्वजनिक भए - गम्भीर, शान्त र परिपक्व रूपमा। श्रीमतीसँगै घरमै दुर्व्यवहार सहनुपरे पनि, उनले कसैप्रति कुनै आक्रोश देखाएनन्। न जेनजीलाई आतंककारी भने, न वर्तमान सरकारप्रति तुच्छ टिप्पणी गरे। बरु उनले सुरुमै आन्दोलनका सहिदहरूलाई श्रद्धाञ्जली दिए, घाइतेहरूलाई स्वास्थ्य लाभको कामना गरे र युवा पुस्ताको विद्रोहप्रति सम्मान प्रकट गरे। उनले यो घटनालाई नेपालको इतिहासकै एक भयावह अध्यायका रूपमा स्मरण गर्नुपर्ने बताए।
देउबाले अब जनताको चाहनाअनुसार पार्टीको कार्यकारी जिम्मेवारी नसम्हाल्ने घोषणा गरे। प्रधानमन्त्री हुँदा गरेका आफ्ना कामहरूको चर्चा गर्दै, आन्दोलनका बेला साथ दिने सबैप्रति हार्दिक आभार व्यक्त गरे।
उनीसँग राजनीतिक रूपमा धेरै असहमतिहरू हुन सक्छन्, तर आजको उनको व्यवहार र बोलीले उनलाई साँच्चिकै राष्ट्रका एक जिम्मेवार अभिभावकका रूपमा प्रस्तुत गर्यो। चाहे भने उनले पार्टी कार्यकर्ताहरूलाई उकासेर सरकारविरुद्ध चेतावनी दिन सक्थे, आन्दोलन घोषणा गर्न सक्थे, वा पद नछोड्ने अडान लिन सक्थे। तर उनले त्यो बाटो रोजेनन् - बरु शान्त, संयमित र देशप्रति उत्तरदायी नेता बनेर देखा परे।
उनले नेपाली कांग्रेसलाई कठिन समयमा देशलाई दिशा दिन सक्ने अभिभावक पार्टीका रूपमा प्रस्तुत गरे। गल्ती स्वीकार्दै र समयअनुसार नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने सन्देश दिए - जुन कुरा ओली र प्रचण्डले पनि सिक्नुपर्ने संकेत थियो। देउबा व्यवस्था परिवर्तनका लागि लडे, अब उनले जिम्मेवारी नयाँ पुस्तालाई सुम्पिंदै जनताको जीवनस्तर परिवर्तनको अपेक्षा व्यक्त गरे।
सुदूरपश्चिमबाट उठेर करिब ६ दशक लामो राजनीतिक यात्रामा देशलाई आजको अवस्थासम्म पुर्याउन योगदान पुर्याउने देउबाप्रति कृतज्ञता र आगामी जीवनका लागि शुभकामना। 🙏
15/10/2025
1 month completed: ओमप्रकाश अर्याल गृहमन्त्रीमा नियुक्त हुनुभएको एक महिना पुगेको छ । उहाले गृहमन्त्री भएपछी गरेका काम हजुरहरुलाई कस्तो लाग्दै छ त ?🤔
15/10/2025
इजरायली सरकारले बिपिन जोशीलाई आफ्ना नागरिकसरह सम्मान र सुविधा प्रदान गर्ने घोषणा गरेको छ। साथै, उनका परिवारलाई पनि इजरायली नागरिकहरूलाई जस्तै सहयोग, सहायता र दीर्घकालीन हेरचाहको व्यवस्था सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu