The Update

The Update

Share

20/05/2026

यहाँहरुलाई यि दुई माननिय ज्युहरु कस्तो लाग्छ ?

20/05/2026

📢 फेसबुक पोस्ट अपडेट: प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सैनिक मुख्यालयको निम्तो अस्वीकार, यस्तो छ कारण ⚖️🏸

प्रधानमन्त्री बालेन्द्र शाह (जसले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन्) सैनिक मुख्यालय, भद्रकाली जान अप्ठेरो मानेका छन्। सेनाले आयोजना गरेको 'प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता–२०८३' को अन्तिम दिन (आगामी १२ गते) हुने पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि बन्न उनले अस्वीकार गरेको बुझिएको छ।

किन जान मानेनन् प्रधानमन्त्री शाह?
चर्को आलोचनाको डर: गत चैत २६ गते भक्तपुरको खरिपाटीस्थित सैनिक तालिम केन्द्रको अधिकृत पास आउट समारोहमा उपस्थित हुँदा संसद् बैठक लगायतका कार्यक्रममा नगएको भन्दै शाहको चर्को आलोचना भएको थियो।

सचिवालयको बुझाइ: अहिले पुनः सेनाको मुख्यालयको कार्यक्रममा जाँदा उक्त आलोचनाले उग्र रूप लिने प्रधानमन्त्री र उनको सचिवालयको बुझाइका कारण 'निम्तो' लाई 'नो' भन्नुपरेको स्रोतको दाबी छ।

फाइल बोकेर प्रधानमन्त्री कार्यालय धाउँदै सैनिक अधिकारी
प्रधानमन्त्री नआउने पक्का भएपछि पुरस्कृत खेलाडीलाई प्रदान गरिने प्रमाणपत्रमा रक्षामन्त्रीको दस्तखत र प्रतियोगितासम्बन्धी कागजात स्वीकृतिका लागि सैनिक अधिकारीहरू फाइल च्यापेर प्रधानमन्त्री कार्यालय पुग्नुपर्ने अवस्था आएको छ। रक्षा मन्त्री नियुक्त हुनासाथ जङ्गी अड्डा गएर ब्रिफिङ लिने चलन भए पनि शाह अहिलेसम्म गएका छैनन्। बरु रक्षा मन्त्रालयमै सेनापतिसहित रथीवृन्दलाई हाजिर गराएर पावरपोइन्ट प्रेजेन्टेसन सुन्ने सम्भावना देखिएको छ।

प्रतियोगिताको बारेमा संक्षिप्त जानकारी:
नेपाली सेनाको आयोजना र नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा सैनिक मुख्यालयको खेल मैदानमा प्रतियोगिता सुरु भएको छ।
वि.सं. २०७८ देखि सञ्चालन हुँदै आएको यस प्रतियोगितामा यसपटक १३ वटा क्लबका २१८ जना प्रतियोगीले १३ वटा इभेन्टमा प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगिता आगामी १२ गतेसम्म चल्नेछ, जसको उद्घाटन बलाधिकृत रथी प्रदिपजंग केसीले गरेका थिए।
#बालेन्द्रशाह #नेपालीसेना #भद्रकाली #टेनिसप्रतियोगिता #रक्षात्रालय

14/05/2026

त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई..

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu
Kathmandu