IshaNews.com
Trusted and readable
23/01/2024
इन्डियन आइडलको उत्कृष्ट १० मा मेनुका पौडेल, कस्तो छ उनको ‘साङ्गीतिक उडान’
इन्डियन आइडलको मञ्चमा निर्णायक र अतिथिहरूबाट एक पछि अर्को एपिसोडमा प्रशंसा बटुल्दै आएकी नेपालकी मेनुका पौडेल उत्कृष्ट १० मा पर्न सफल भएकी छन्।
असाध्यै प्रतिस्पर्धात्मक मानिने भारतीय गायन रियालिटी शो इन्डियन आइडलमा उनी उत्कृष्ट १० मा परेको घोषणा आइतवार साँझ प्रसारित कार्यक्रममा भएको हो।
आशा भोसलेको “कजरा मोहब्बत वाला” र “पान खाए सैयाँ हमारो” बोलका दुई वटा गीत गाए लगत्तै उनलाई तीनै जना निर्णायकहरू कुमार सानु, विशाल ददलानी र श्रेया घोषालले सधैँ जसो ‘स्ट्यान्डिङ ओवेशन’ दिएका थिए।
गीत सकिए लगत्तै घोषालले सधैँ लता मङ्गेशकरका गीत छान्ने मेनुकाले यो एपिसोडका लागि आशा भोसलेको गीत छानेर 'सप्राइज' दिएको बताइन्।
“त्यसैले म तिम्रो लागि धेरै खुसी छु। यो नै तिम्रो खास कुरा हो र यसैलाई कायम राख्दै आएकी छौ। यसैले तिमीलाई उत्कृष्ट १० बाट उत्कृष्ट ३ सम्म लैजानेछ।”
10/01/2024
‘आचरण विपरित गर्ने विद्यार्थी बचाउन शिक्षामन्त्रीले नै पत्र काट्नु हास्यास्पद’ डा. सुनिल शर्मा
काठमाडौं । दूर दराजका गरिब विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याउँदै आएका काठमाडौँ मेडिकल कलेज (केएमसी)का सञ्चालक डाक्टर सुनिलकुमार शर्माले शिक्षामन्त्री अशोक कुमार राईले पदको दुरुपयोग गरेको भन्दै कानुनी उपचारको बाटो खोजी गर्ने बताएका छन् । आवासीय चिकित्सक डा.विशद दाहाललाई कलेजको नियम विपरित कार्य गरेकोमा निलम्बन गरेको विषयमा शिक्षामन्त्री राईले निलम्बन फुकुवा गर्न पत्राचार गरेकोमा पदको दुरुपयोग गरेको भन्दै डा.शर्माले कानुनी उपचारमा जाने बताएका हुन् ।
‘आचरण विपरित कार्य गरेका एक जना विद्यार्थीलाई एक महिना निलम्बन गरेको विषयमा मन्त्रीजस्तो व्यक्तिले निलम्बन फुकुवा गर्न पत्र काट्नु गर्नु हास्यास्पद र लज्जास्पद विषय हो । शिक्षामन्त्रीको पत्रले हामीलाई कुनै फरक पर्दैन ।’ मन्त्री राईको निर्देशनात्मक पत्र विरुद्ध आफूहरू अदालत जाने भन्दै डा.शर्माले भने,‘एउटा विद्यार्थीले आचरण विपरित कार्य गर्दा त्यसलाई बचाउन र संरक्षण गर्न शिक्षामन्त्री आफैं सक्रिय हुन्छन् भने त्योभन्दा लज्जास्पद र हास्यास्पद के हुन सक्छ ।’ शिक्षामन्त्री राईले मंगलबार निलम्बित विद्यार्थी डा. दाहालको निलम्बन फुकुवा गर्न भन्दै निर्देशनात्मक पत्र पठाउँदा २ दिनअघि सोमबार शिक्षा मन्त्रालयमै विवाद समाधानका लागि सकारात्मक वार्ता भएको थियो । उक्त वार्तापछि समाधानको वातावरण बनिरहेको अवस्थामा शिक्षामन्त्रीले पत्र काट्दा वातावरण विग्रिएको डा. शर्माको भनाई छ ।
डा. शर्माले विद्यार्थीलाई सुध्रिनका लागि एक महिना मात्र कारवाही गरिएको भन्दै एक महिना पछि पनि विद्यार्थी नसुध्रिए विश्व विद्यालयलाई विद्यार्थी फिर्ता पठाइने बताए । ‘कुनै विद्यार्थीले गल्ती गर्छ, कलेजको नियम मान्दिन भन्छ भने कारवाही गर्ने अधिकार हुन्छ । विद्यार्थीलाई एक महिनाको लागि मात्र निलम्बन गरिएको हो । एक महिनाभित्र पनि विद्यार्थी नसुध्रिए काठमाडौं विश्वविद्यालयलाई विद्यार्थी फिर्ता लैजान भन्छौं ।’ कलेजले विद्यार्थीलाई गल्ती स्वीकारेर सच्चिएर आउन भन्दा उल्टै २२ सय विद्यार्थीको पठनपाठनमा असर गर्ने गरी वातावरण बिथोलिरहेको जिकिर गर्दै डा. शर्माले भने ।
डा. शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दबाबमा शिक्षामन्त्रीले पत्र काटेको जिकिर गर्दै दूर
10/01/2024
प्रधानमन्त्री कृषि आधुनिकीकरण प्रयोजना कार्यान्वयन इकाइ जाजरकोटको अनुदान सहयोगमा छेडागाड नगरपालिका–१० मा 'सेलार स्टोर' निर्माण भएपछि भण्डारण गरिएको सुन्तला ।
तस्बिर : हेमन्त केसी/रासस
05/01/2024
जुत्ताको कथामा बनेको लघुचलचित्र ‘पाउलो’मा जुत्ता कम्पनीको सहकार्य
काठमाडौं । ऐना आर्टस्को प्रस्तुति र ब्ल्याक हर्स जुत्ता कम्पनीको सहयोगमा लघुचलचित्र ‘पाउलो’ निर्माण भएको छ । जुत्ताको कथावस्तु रहेको ‘पाउलो’ को छायांकन काठमाडौंको पशुपति परिसरमा गरिएको थियो । लघुचलचित्रमा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय गरेका छन् । पाउलोमा रेनुका कार्कीको कास्टिङ डिरेक्सन र प्रोडक्सन म्यानेजमेन्ट चक्र प्रसाद पोख्रेलले गरेका छन् । सहायक निर्देशन करन साउदको रहेको छ । लघुचलचित्रको छायांकन नारायण जिसीले गरेका हुन् र सम्पादन अनिल कुमार महर्जनले गरेका छन् ।
लघुचलचित्र ‘पाउलो’ पशुपती परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथा हो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । मानिस जन्मन्छ, हुर्कन्छ, विवाह गर्छ, विवाह पश्चात् श्रीमान वा श्रीमतीको मृत्यु भयो भने उसले अर्को विवाह गरेको घटनाहरु समाजमा पाईन्छ, यस्तै मानिसको कथालाई विम्बको रुपमा जुत्ताको जीवनकथा प्रस्तुत गरिएको छ । यहाँ कलाकार वा पात्रले जुत्तालाई हैन, जुत्ताले कथाका पात्रहरूलाई घुमाइरहन्छ । त्यही जुत्ताले कसैलाई खुसी थपिदिन्छ त कसैलाई रुवाउछ वा समयअनुसार उही मानिसलाई दुखी बनाइदिन्छ । लघुचलचित्र ‘पाउलो’ मा पनि एउटा जीवन्त कथा र समाजको यथार्थ चित्रण रहेको छ ।
जुत्ता एउटा सामाग्री मात्र हैन, मानवीय अनुभुतीहरु पनि हुन् भन्ने यस लघुचलचित्रको मुख्य सार रहेको छ । पाउलोको कथावस्तु जुत्ता सम्बन्धी भएर आफुलाई राम्रो लागेकाले सहकार्य गरेको ब्ल्याक हर्स इन्ड्रस्टिज प्रालिका प्रबन्ध निर्देशक चीन बहादुर श्रेष्ठ बताउँछन् । ब्ल्याक हर्सले नेपालमा विभित्र ब्राण्डेड जुत्ता तथा चप्पलहरुको उत्पादन तथा वितरण गर्दै आइरहेको छ ।
लघुचलचित्र पाउलोको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । अन्य चलचित्रहरूमा व्यक्तिलाई पात्रको रुपमा उभ्याउने गरिएतापनि यस लघुचलचित्रमा भने जुत्तालाई नै मुख्य पात्र र जीवनको रुपमा उतार्ने प्रयास गरिएको उनी बताउँछन् । उनले यसअघि निर्माण गरेका लघुचलचित्र ‘भाउ’, ‘घुर्रा’, ‘द स्कुल वाल’ विभिन्न अन्तरास्ट्रिय चलचित्र महोत्सवहरुमा समेत छनोट भएर विभिन्न देशहरुमा प्रदर्शनसमेत भईसकेको छ ।
05/01/2024
Like and Follow our page and win Rs 100 Recharged
Card
IshaNews.com
IshaNews.com is for sale | HugeDomains This domain name is available, own it today. Affordable payment options. Fast and professional service.
03/01/2024
नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवा बारे स्थानीय जनप्रतिनिधिसँग छलफल
काठमाडौं । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउने सवालमा स्थानीय निकायका जनप्रतिनिधिसँग छलफल विमर्श गरिएको छ । कलेजका नवनियुक्त प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले मंगलबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुख लगायतसँग छलफल विमर्श गरेका हुन् ।
केही दिन अगाडीमात्रै कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णयबाट प्रबन्ध निर्देशक भएका प्रा.डा. अन्सारीले कलेजले स्थानीय तहका नागरिकहरुलाई प्रदान गर्दै आइरहेको स्वास्थ्य सेवालाई कसरी सुधार गर्ने, कस्ता सेवाहरु थप गर्ने, जनताका अपेक्षा कस्ता छन् भन्ने सवालमा छलफल गरेका हुन् । छलफलमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालले नेपाल मेडिकल कलेज गोकर्णेश्वर नगरपालिकाको गौरबको रुपमा रहेको बताउँदै कलेजले प्रदान गर्ने स्वास्थ्य सेवाहरुलाई समयानुकूल सुधार गर्न सल्लाह दिए ।
नगरपालिका नागरिकको स्वास्थ्य प्रति जिम्मेवार रहेकोले कलेजसँग सहकार्य गरेर अगाडी बढ्ने बताउँदै उनले विशिष्टीकृत स्वास्थ्य सेवाहरु थप गर्ने, नगरबासीको लागि नयाँ योजनाहरु ल्याउन आग्रह गरे । साथै उनले नगरपालिका मेडिकल कलेजलाई शान्तिपूर्ण, भयरहित वातावरणमा सञ्चालन गर्नका लागि जस्तोसुकै सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेको जनाए ।
भेटमा बोल्दै उपप्रमुख सान्नानी लामाले कलेजले स्वास्थ्य सेवालाई अहिलेको भन्दा प्रभावकारी बनाउँदै नयाँ नयाँ स्वास्थ्य उपकरण र सेवाहरु थप गर्न अनुरोध गरिन् । कलेज शान्तिपूर्ण र भयरहित वातावरणमा चलाउन कलेजलाई आवश्यक सल्लाह दिँदै नगरपालिकाले सदैब सहकार्य गर्ने बताउँदै उपप्रमुख लामाले नेपाल मेडिकल कलेज नगरको गौरबकै रुपमा रहेको चर्चा गरिन् ।
कलेजका संस्थापक प्रिन्सिपल डा. शेखरबाबु रिजालले प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीलाई कलेजको स्वास्थ्य सेवा, शैक्षिक गुणस्तरमा सुधार गर्न योजनाबद्ध रुपमा अगाडी बढ्न सुझाए । नेशनल मेडिकल कलेजको सफलतापूर्वक सञ्चालन गरेको अनुभवसहित आएका प्रा.डा. अन्सारीको कुशल नेतृत्वमा कलेज अगाडी बढ्नेमा आशावादी रहेको बताए ।
02/01/2024
हावाबाट विद्युत निकाल्न नेपाल इन्जिनियरिङ कलेजमा ‘हावा प्रोजेक्ट २.०’
पुस १७, २०८० मंगलबार १: ५५:०७ | काठमाण्डौ IshaNews.com
काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको रुपमा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्न प्रोजेक्ट अगाडि बढाइएको छ । जापानको जापान इनर्जी सेफ्टी एशोसिएसन (जेइएसए) ले नेकसँगको सहकार्यमा ‘हावा प्रोजेक्ट २.०’ ल्याउँदै त्यसका लागि आवश्यक उपकरण नेकलाई हस्तान्तरण गरेको छ ।
आइतबार कलेजमा आयोजित एक कार्यक्रममा जेइएसएका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहरा र जापानका लागि नेपाल प्रतिनिधि निर्देशक नरेश महर्जनले कलेजका कार्यवाहक प्राचार्य दुर्गा प्रसाद भण्डारीलाई आवश्यक सामग्रीहरू हस्तान्तरण गरेका छन् । ‘हावा प्रोजेक्ट २.०’ अन्तरगत चाँगुनारायण नगरपालिका क्षेत्रभित्र जेइएसएले नेकका विद्यार्थीहरू सँगको सहकार्यमा हावाबाट विद्युत उत्पादन गर्न सकिने विषयमा सम्भाव्यता अध्ययन गर्नेछ । ‘यसअघि पनि नेकसँग सहकार्य गरेर ‘हावा प्रोजेक्ट’ चलाएका थियो । त्यसलाई पुनः नियमितता दिनका लागि ‘हावा प्रोजेक्ट २.०’ ल्याइएको हो । यसले नेपालमा हावाबाट कसरी विद्युत निकाल्छ सकिन्छ, संभाब्यता अध्ययन र अनुसन्धान गर्नेछ ।’ नरेश महर्जनले बताए ।
प्रोजेक्टमा नेकमा अध्ययनरत सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल एण्ड कम्युनिकेसनका विद्यार्थीहरूलाई सहभागिता गराउँदै उनीहरूलाई नवीनतम सोच र अनुसन्धानमा लाग्न प्रेरित गरिने छ । कलेजले ‘हावा प्रोजेक्ट २.०’ कार्यान्वयनका लागि प्राध्यापक दिनेशप्रसाद गुरागाइँको अध्यक्षतामा सिभिल, कम्प्युटर, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल एण्ड कम्युनिकेसनका एक एक जना प्राध्यापकहरू समेत रहने गरी हावा इनर्जी डेभलपमेन्ट ग्रुप गठन गरेको छ ।
सोमबार कलेजमा विद्यार्थीहरू सँगकाे प्रस्तुतिकरणमा बोल्दै जेइएसएका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहराले जापानमा हावाबाट विद्युत निकाल्ने कार्य धेरै अगाडिबाट भइरहेको बताउँदै नेपालमा पनि हावाबाट विद्युत निकाल्न सम्भव रहेको जिकिर गरे । २०७२ सालको विनाशकारी भूकम्पपछि नेपाल आएका एत्सुओ किरिहराले नेपालका कुनकुन स्थानमा हावाबाट विद्युत निकाल्न सम्भव छ भन्ने सोध र अनुसन्धान गरिरहेका छन् । ‘अहिले विश्वभर आणविक उर्जाको विकल
01/01/2024
२५ रुपैंया मासिक बचतबाट थालनी भएको तौडोलछाप मन्दीमा समेत नाफामा
पुस १६, २०८० सोमबार २: 42 :२६ | भक्तपुर .com
सामुदायिक अवधारणाका साथ स्थापना भएको तौडोलछाप बचत तथा ऋण सहकारी संस्था आर्थिक मन्दीमा समेत नाफामा रहेको छ । सामुदायिक वन सर्वधन तथा बचाउमा काम गर्ने ३० जना बचत कर्ताहरूले आफ्नो मासिक २५ रुपैंया मासिक बचतबाट थालनी गरेको यो संस्थाले आफ्नो १४ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सामुदायिक वनमा काम गर्ने ३० युवा तथा महिलाहरुले सामुदायिक अवधारण अपनाउँदै समुदायको पैसा बाहिर छरिएको देखेपछि समुदायको पैसा समुदायमा नै जम्मा गर्नु पर्छ र एक अर्कालाई सहयोग गर्नु पर्छ भन्दै मासिक २५ रुपैंयाका दरले २०६३ साल देखि जम्मा गर्न थालेका थिए । बचत बढ्दै गयो र अन्य सदस्यहरूले पनि यसमा चासो देखाएपछि वनको नै नाममा तौडालछाप सहकारीका रूपमा ६६ सालमा यस संस्थाले मूर्त रूप लिएको थियो ।
३० जना बचत कर्ताले थालनी गरेको यस संस्थामा हाल ९८९ सदस्य रहेका छन् । सहकारीको अघिल्लो वर्ष कुल पुजी तथा दायित्व १० करोड ९६ लाख ३५ हजार ६ सय ६७ रुपैंया रहेकोमा यो वर्ष बढेर १२ करोड ८ लाख ५ हजार ६ सय ६२ पुगेको छ ।
नेपालमा नै वनको आधारमा सामुदायिक वन कर्मीहरूले स्थापना गरेको पहिलो सहकारीको रूपमा रहेको तौडोलछापले आगामी वर्ष आफ्नो पूजीँ १५ करोड भन्दा बढी पुञ्याउने लक्ष्य रहेको जनाएको छ ।
सहकारीको साधारण सभालाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य किरण थापामगरले तौडोलछाप जस्ता सहकारीका कारण सहकारीको साख जोगिएको बताउनुभएको थियो । जसरी समुदायका आधारमा चलेको तौडोल छाप यस्तो विषम परिस्थितिमा पनि नाफामा नै गएको छ र सहकारी हाल सम्म समस्या ग्रस्त हुनु परेको छैन अन्य सहकारीले पनि समुदायमा नै आधारित भएर काम गरेमा कुनै पनि सहकारी समस्या ग्रस्त नहुने उहाँले बताउनुभयो ।
साधारण सभामा सूर्यविनायक नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष पुष्पराज बस्नेत , भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष कान्छाभक्त धोजु, सामुदायिक वन उपभोक्ता समितिका केन्द्रीय सदस्य रोमश्वर बोहरा, नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाका सभापति हरिशरण बस्नेत, गणेश माविका प्रबन्धक रवीन्द्र कुमार थापा, टोल सुधार समिति खानेपानी समितिहरू तथा सहकर्मी सहकारी संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
सहकारीको प्रगति प्रतिवेदन तथा भावी रणनीतिका विषयमा सचिव राकेश थापाले आर्थिक प्रतिवेदन कोषाध्यक्ष बिम्रता लोहनी बस्नेतले, लेखा प्रतिबेदन लेखा सुपरिवेक्षण समितिका संयोजक शिवजी त्वानाबासुले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व अध्यक्ष दीपेन्द्र कुमार थापाले गर्नुभएको थियो ।
साधारण सभाको अवसरमा जेष्ठ नागरिक बचत कर्ता, उत्कृष्ठ बचत कर्ता तथा ऋणी, उत्कृष्ठ बाल बचत कर्ता, नारी बचत कर्ता सम्मान समेत गरिएको थियो ।
यस्तै कार्यक्रममा रगत अभावलाई मध्यनजर गर्दै सहकारीले नेपाल रेडक्रस सोसाइटी भक्तपुरको सहयोगमा रक्तदान कार्यक्रम समेत गरेको थियो ।
‘पीएसओले नजाऔँ भन्दाभन्दै मन्त्री ज्वाला आन्दोलन भएको ठाउँमा गए’
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको लापरबाही देखिएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले थाहा हुँदाहुँदै आन्दोलन भइरहेको बाटोबाट मन्त्रीले यात्रा गर्नु लापरबाही भएको बताएका हुन् ।
उनले भने, ‘पीएसओले नजाऔँ भन्दाभन्दै, त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै जानु यो जबरजस्ती हो । चरम लापरबाही हो, हेपेको हो । सामान्य व्यक्तिले गर्ने लापरबाहीले कत्रो मूल्य चुकाउनुपर्छ । त्यत्रो ओहोदामा रहेको व्यक्तिले गरेको लापरबाहीले गर्दा यत्रो ठुलो दुर्घटना भयो ।’
बालकुमारी घटनाको छानबिन गर्न गठित समितिले मन्त्रीले गरेको लापरबाही पनि हेर्नुपर्ने थापाले बताए । उनले भने, ‘यो समितिले मन्त्रीको लापरबाही हेर्छ की हेर्दैन ? लापरबाही हो भने दण्ड हुन्छ ।’
गत शुक्रवार ललितपुरको बालकुमारीमा कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै युवाहरूले प्रदर्शन गरिरहेको क्षेत्रबाट मन्त्री ज्वालाले यात्रा गरेका थिए । सोही क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको थियो भने प्रदर्शनकारीले मन्त्री ज्वालाको गाडी जलाइदिएका थिए ।
यो घटनामा मन्त्री ज्वालाले आफू घटनास्थलमा भएर पनि थिइनँ भनेर झुट्टो बोलेको पनि पुष्टि भएको छ । उनले पार्टीको केन्द्रीय समिति बैठकमा भाग लिन गएको र आफूलाई बैठकस्थलमा छोडेर फर्किंदा गाडीमा आगजनी भएको बताएका थिए । मन्त्री ज्वालाले शुक्रवार मध्यान्ह रातोपाटीसँग भनेका थिए, ‘म मन्त्रालयबाट निस्किएर पार्टीको मिटिङमा गएको थिएँ । ड्राइभरले मलाई बैठकस्थलमा छाडेर बाहिरिने बेला गाडीमा आगो लगाएछन् ।'
रातोपाटीले मुलुकको जिम्मेवार मन्त्रीको भनाइमा विश्वास गरेर समाचार बनाएको थियो l तर अहिले सामाजिक सञ्जाल मार्फत बाहिरिएको भिडियोमा मन्त्री ज्वाला त्यहीँ भएको र उनी झन्डा फहराएको गाडीबाट निस्केपछि प्रदर्शनकारीले हातपात गर्न खोजेको देखिन्छ । दृश्यमा प्रदर्शनकारीले मन्त्री ज्वालालाई पछाडिबाट धकेलेको र सुरक्षाकर्मीले उनलाई जोगाउन खोजेको पनि देखिन्छ ।
01/01/2024
आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख रुपैयाँ जोगिने
पुस १६, २०८० सोमबार 1:54 :२६ | .com
काठमाण्डाै - सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गर्ने निर्णय गरेकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा खाजा कटौती गरिएको जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ । खाजाबापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा झन्डै ६० हजार रुपैयाँ खर्च हुने गरेको थियाे ।
वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् । मन्त्रिपरिषद् बैठककाे खाजा कटौती भएसँगै वार्षिक झन्डै ६० लाख रुपैयाँ जोगिने भएकाे छ । मन्त्रिपरिषद् बैठकमा अब सामान्य खाजा खुवाउन शुरु गरिएको छ ।
सुशासन र सुधारमा ससाना विषय पनि महत्त्वपूर्ण मानिने भएकाले प्रधानमन्त्री प्रचण्डले आफ्नै कार्यालयबाट सुधारको थालनी गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनु भयाे।
यसैबीच, नेपाल संवतलाई सम्पूर्ण सरकारी दस्ताबेजमा उल्लेख गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ ।
01/01/2024
माइतीघरकाे निषेधाज्ञा तत्काल हटाउन गगन थापाकाे आग्रह
पुस १६, २०८० सोमबार १२:५४:२६ | IshaNews.com
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाण्डाैकाे माइतीघरकाे निषेधित क्षेत्र तत्काल हटाउन सरकारसँग आग्रह गर्नुभएकाे छ ।
आज साेमवार सिंहदरबारमा बसेकाे राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा महामन्त्री थापाले माइतीघरलाई निषेधित क्षेत्र ताेक्नुकाे कुनै औचित्य नरहेकाे भन्दै तत्काल हटाउन गृहमन्त्रीलाई आग्रह गर्नुभएकाे हाे ।
उहाँले भन्नुभयाे, ‘माइतीघरको निषेधित क्षेत्र हटाइदिनुस् । यसको पनि कारण छ । हेर्दा सामान्य लाग्छ । आज धोती जुलुस भयो, पोल्टिकल स्टेटमेन्ट हो । उहाँहरूले सरकारले सुन्छ भनेर माइतीघरमा देखाउन खोज्नुभएको हो । हिजो हामीले त्यही गरेको हो । तर अहिले माइतीघरलाई निषेधित क्षेत्र बनाइसकेपछि बल प्रयोग गर्नुपरेको छ । लाेकतन्त्रमा माइतीघरलाई एउटा ठाउँ बनाएकाे हाे । माइतीघरमा निषेधाज्ञाकाे औचित्य छैन, तत्काल खारेज गर्न अनुरोध गर्छु ।’
बैठकमा महामन्त्री थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको लापर्बाहीका कारण भएको बताउनुभयाे । आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापर्बाही भएको उहाँले बताउनुभयाे । लापर्बाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने उहाँकाे भनाइ छ ।
थापाले बालकुमारी घटनामा श्रम मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको बताउनुभयो । उहाँले साउनदेखिको ईपीएसको विषय सरकारले सम्बोधन नगर्नु सरकारको लापर्बाही भएकाे पनि बताउनुभयाे ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu, Bhaktapur
Kathmandu
0073