Let Me Rise

Let Me Rise

Share

to explore ur self

24/02/2019

.............. सानी...........

माया!
ममता!
स्नेह!
शब्दमा मात्र सीमित भए,
न पाएको छु!
न गुमाएको,
करोडौंको घरमा बिस्तरा लगाएर,
सुत्ने रहर छिन!!!
लाइनमा बसेर बैंकको चेक साट्न पनि!!
मन छ त,
केवल,
तिम्रो मनमा घर बनाउने !!
धनले होइन !
मायानै मायाले,
सिकार्छौं नी है??
सानी..
लाइनमा कुराउनेहरु होइन ।
दिलमा राखेर हसाउनेको खोजीमा छु।
सुख मात्र बाँडेर होइन,
दुःखमा सहानुभूति दिनको ओहिरो पल्टाई रहेछु।
सानी....
माफ गर!!
उही तिम्रो पागल प्रेमी,
अचम्म छ!!
यहाँ माया गर्ने एक,
अनि सयौं सँग माया खोज्ने
हजारौं को भीडमा
तिमीपनि हराएको पो छौं की??
सानी!!.....
कहाँ!
तिमीलाई म
फोनको ग्यालरीमा
र video chat मा अनुहार हेरेर
बिर्सिन्छु,
म त,
तिमीलाई मायाको रेस्टुरेन्टमा भेटेर,
ठूलीले भाडा पखालेको देखाउँदै
सोध्ने छु!!
सानी!!
कतै तिमी,
तिम्रो मनमा भएको मेरो
जुठो माया पखालेर,
अरु कसैलाई चोखो बनाउन
त दिदैनौं नी हगि!!
हामी,
मायाको QFX मा त जाउला ,
सानी.....
तिमी !!
हरेक फिल्मको कहानी जस्तै
रुप त बदल्दैनौं ने है??
डर लाग्छ ।।
माया.. त मलाई गरौली,
जब सम्म
म तिम्रो इच्छा पूरा गर्न सकुला
अनि मन्दमुस्कनु छर्न पनि,
तर ,
दुःख पर्दा!
सानी...
परिवार लाई दोष दिँदै,
तिमी भन्दा धेरै राम्री पाउने आश्वासन दिँदै,
भकानिएको मेरो मन सँगै ,
मेरा आँखाका आँशुलाई
हाँस्दा उछिटेको थुक्को छिटा जस्तै
Sorry....
चोखो चोखो त भन्दैनौं नी है ।।
सुन ??
सानी...
बाहिरी रूप छेपारो जस्तै बदल
मनको माया!!
सगरमाथा जस्तै अटल राख।
अनि
I love you
भन्दै
र हातेमालो गर्दै
दिन गुजार्न कति सजिलो हुन्थ्यो
होला है

Want your establishment to be the top-listed Arts & Entertainment in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Kathmandu