CMC Nepal
Commitment for Promotion of Mental Health in Nepal World Health Organisation has placed emphasis on mental health as a crucial component of overall health.
23/06/2026
विद्यालयस्तरमै मनोसामाजिक सहयोग सुदृढीकरण तर्फ महत्वपूर्ण पहल!
सी.एम.सी.-नेपाल र स्थानीय सरकारको साझेदारी तथा CBM Global को आर्थिक सहयोगमा सञ्चालित कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम अन्तर्गत जुम्ला जिल्लाका गुठिचौर गाउँपालिका, सिंजा गाउँपालिका र चन्दननाथ नगरपालिकामा विद्यालयमा परियोजना सञ्चालनका लागि छनोट भएका शिक्षकहरूका लागि विद्यार्थी मनोसामाजिक सहयोग सम्बन्धी ५ दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
यस तालिमको मुख्य उद्देश्य बालबालिकाहरूमा देखिने भावनात्मक तथा व्यवहारिक समस्या पहिचान गर्ने, विद्यालय स्तरमै आधारभूत मनोसामाजिक सहयोग प्रदान गर्ने, तथा जटिल मानसिक तथा मनोसामाजिक समस्या भएका बालबालिकालाई स्वास्थ्य संस्थामा रिफर गर्ने क्षमता अभिवृद्धि गर्नु रहेको थियो। यसले बालबालिकाको मनोसामाजिक सुस्वास्थ्य प्रवर्द्धन गर्दै गुणस्तरीय शिक्षामा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
तालिमको समापन सत्रमा चन्दननाथ नगरपालिका नगरप्रमुख श्री राजु सिंह कठायत प्रमुख अतिथिका रूपमा तथा शिक्षा विकास तथा समन्वय इकाई, जुम्लाका प्रमुख श्री रछाने लुहार विशेष अतिथिका रूपमा उपस्थित भई सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।
यस्ता पहलहरूले विद्यालयलाई बालमैत्री र मनोसामाजिक रूपमा सक्षम बनाउँदै जाने विश्वास लिइएको छ।
18/06/2026
Click here to claim your Sponsored Listing.
Contact the organization
Telephone
Website
Address
Jitjung Marg, Thapathali
Kathmandu
00977
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |