Setoparda.com
a complete entertainment news port
21/12/2025
अदालतको आदेशमा रिहा भएपछि पहिलोपटक केन्द्रिय कार्यालय पुगेका रास्वपाका सभापति
रवि लामिछानेको कार्यकर्ताद्वारा भब्य स्वागत गरेकाछन।
22/11/2025
भोलिको नेपाल बन्द फिर्ता
भोलिको नेपाल बन्द फिर्ता!
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालका महाभियानले आइतबारबाट हुने गरी घोषणा गरेको भनिएको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिन भएकोछ । सरकार र महाअभियानका प्रतिनिधिसँग शनिबार राति प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएपछि नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रम फिर्ता लिएको हो।
10/11/2025
जारी २
शुक्रबारदेखि प्रदर्शन भएको चलचित्र ‘जारी २’को ‘डाइरेक्टर्स कट’ तयार भएको छ । सेन्सर समेत भइसकेको ‘डाइरेक्टर्स कट’मा करिब १४ मिनेट थप भई चलचित्र २ घण्टा २१ मिनेट लामो बनेको छ । ‘डाइरेक्टर्स कट’ मंगलबारबाट प्रदर्शनमा आउनेछ ।
दर्शक, शुभचिन्तक र टिमकै केही साथीभाइको सुझाव अनुसार चलचित्रलाई परिमार्जित र परिस्कृत गरेको निर्देशक उपेन्द्र सुब्बाले ‘जारी २’को ‘डाइरेक्टर्स कट’लाई दर्शकले अझै धेरै मनपराउने विश्वास व्यक्त गरे । ‘
चलचित्रमा ओदयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
44600