Femina
Women’s Group
बिबाह पछि छोरी पहिलोपटक माइत आएकी थिइन , छोरिको स्वागत हप्तादिनसम्म चल्यो । हप्ताभरमा छोरिलाई जे मनपर्छ त्यो खुवाउने दिने कार्यक्रम चलिरह्यो ।
जब छोरी फर्किएर आफ्नो घर जान लागिन तब बुबाले छोरिलाइ एउटा अगरबत्तीको पाकेट दिनुभयो ।
आमाले भन्नुभयो: छोरी पहिलोपटक माइतीघर बाट आफ्नो घर जाँदै छिन्, यस्तो अगरबती जस्तो चिज कसैले दिन्छन्..। तब हत्तपत्त बुबाले गोजीमा हात हाले र गोजिमा भएको सबै पैसा छोरिको हातमा थमाइदिए।
घरमा पुग्ने बित्तिकै सासुआमाले बुहारीलाई सोधिन: आमाबुबाले छोरीलाई बिदाइ गर्दा के दिए? जब उनले अगरबात्तिको पाकेट देखिन , तब सासुआमाले बुहारीलाई भनिन्: भोलि पुजामा यो अगरबत्ती बाल्नु ।
बिहान जब छोरी पुजा गर्न बसिन , तब उनले अगरबत्तिको पाकेट खोलिन , जसबाट एउटा चिठी निस्कियो। चिठीमा लेखिएको थियो..
"छोरी ! यो अगरबत्ती आफै बल्छ,तर सुगन्धले पुरै घर भरिदिन्छ। यतिमात्र होइन यसले वरिपरिको बाताबरणलाई आफ्नो सुगन्धले आनन्दित बनाउँछ ।"
"सायद कहिलेकाही श्रीमानसँग मन खिन्न हुनसक्छ वा सासू ससुरासँग रिसाउन सक्छौं , अथवा देवर आमाजु नन्दहरुसँग रिसाउन सक्छौ या कहिले तिमिलाई कसैको कुरा सुन्नुपर्ने हुन्छ , वा कहिले छिमेकीसँग मन अमिलो महसुस हुनसक्छ । तब तिमि मेरो यस उपहारलाई सम्झने गर्नु, र अगरबत्ती झै जलेर आफ्नो घरलाई खुशी राख्ने , आफै सहने अनि आफ्नो व्यबहार र कर्मले श्रीमानको घरलाई सुगन्धित पार्ने गर्नु.."
चिठी पढेर छोरी रुन थालिन । सासू-आमा आइन ससुरा र श्रीमान पनि पुजा कोठामा पुगे जहाँ बुहारी रोइरहेकी थिइन् ।
के भयो औंला पोल्यो कि क्याहो? यसरी श्रीमानले सोधे।
"के भयो? कमसेकम यति त भन" ससुरा बा ले भने।
सासुआमाले वरिपरि चारैतिर हेर्न थालिन, उनले बुहारीको बुबा द्वारा सुन्दर अक्षरमा लेखिएको चिठी देखिन. चिठी पढ्ने बित्तिकै उनले बुहारीलाई अंकमाल गरिन र चिठी ससुराको हातमा सुम्पि दिइन् । चस्मा नलगाएकोले उहाँले चिठी छोरालाई दिएर चिठी पढ्न आग्रह गरे। छोराले पत्र पढेर सुनाएपछी सबैजना स्तब्ध भए।
सासुआमाले भनिन्: "ओहो! यो चिठी फ्रेममा राख्नुपर्छ। यो मेरो बुहारिको माइतबाट पाएको सबभन्दा अमुल्य उपहार हो । यो चिठी पुजा कोठामा नै हुनुपर्छ ।
र सदैव यस् फ्रेमको आफ्नो सब्दले सम्पुर्ण घर र वरिपरिको बाताबरणलाई आफ्नो तरिकाले सुगन्धित पारिरहन्छ । बालेको अगरबत्ति सकिएपछि पनि..
त्यसैले आमाबुबाले आफ्नो छोरिलाई राम्रो संस्कार दिनुपर्छ जसले ससुराली र माइतीघर बासनाले सुगन्धित पार्न सकुन् ।।
31/12/2025
"जेलमा रहेका भोका वृद्ध बुबालाई आफ्नो स्तन पान गराउने महान छोरी पेरो "
यो कथा रोमन इतिहासकार भ्यालेरियस म्याक्सिमस ले आफ्नो पुस्तक Factorum ac Dictorum Memorabilium मा वर्णन गरेका छन्। यसलाई छोरीको बुबाप्रतिको अटुट भक्ति (filial piety) को उदाहरण मानिन्छ।
वृद्ध बुबा सिमोन (Cimon) लाई जेलमा कैद गरिएको हुन्छ र भोकले मर्ने सजाय दिइएको हुन्छ (कुनै अपराधका कारण)।
उनकी छोरी पेरो (Pero) (जसलाई भर्खरै बच्चा भएको हुन्छ) लाई बुबालाई भेट्न अनुमति दिइन्छ, तर खाना लगेर दिन पाइँदैन ।
पेरोले गोप्य रूपमा आफ्नो स्तनबाट दूध चुसाएर बुबालाई जीवित राख्छिन्।
जेलरहरूले यो थाहा पाउँदा छोरीको यो त्याग र मायाले प्रभावित भएर बुबालाई मुक्त गर्छन् ।
पूरा कथाले मन मस्तिष्कनै शून्य बनाउने खालको छ समय मिले ल्याउने छु धन्यवाद!!
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu