Engineering Minds

Engineering Minds

Share

It is about various Category of information You can learn any types of technical issues related with Information technology.

10/04/2026

इरानले अमेरिका र इजरायलसँग जारी द्वन्द्वका बीच प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको जनाएको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकाले अघि सारेको युद्ध अन्त्यसम्बन्धी प्रस्तावलाई तेहरानले स्वीकार नगर्ने निर्णय लिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘हर्मुज घाँटी’ स्वतन्त्र आवागमनका लागि खुला नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए। उनले समयसीमा तोक्दै इरानमाथि थप आक्रमणको संकेतसमेत गरेका छन्।

यसैबीच, समाचार एजेन्सी आइआरएनएका अनुसार इरानले आफ्नो आधिकारिक प्रतिक्रिया पाकिस्तानमार्फत अमेरिकासम्म पुर्‍याएको छ। उक्त प्रतिक्रियामा युद्धविराम प्रस्ताव अस्वीकार गर्दै द्वन्द्वको दीर्घकालीन समाधान आवश्यक रहेको उल्लेख गरिएको छ।

इरानले यसअघि पनि युद्ध अन्त्यका लागि केही सर्तहरू अघि सारेको थियो। ती सर्तमा आफ्नो अधिकारको अन्तर्राष्ट्रिय मान्यता, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति तथा भविष्यमा आक्रमण नहुने सुनिश्चितता समावेश छन्। यी माग पूरा नभएसम्म युद्ध नरोकिने इरानको स्पष्ट अडान रहेको छ।

यस निर्णयसँगै मध्यपूर्व क्षेत्रमा तनाव अझ बढ्ने संकेत देखिएको छ।

Want your business to be the top-listed Computer & Electronics Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu