NepaliEdu com
Be smart and compare colleges, courses, abroad study consultany etc. in Nepal on www.nepaliedu.com before you pay!
नेपालीedu.com
20/08/2015
शैक्षिक परामर्श भन्दै म्यानपावर धन्दा!!
भाद्र ३, २०७२- अध्ययनार्थ विदेश जान चाहनेलाई परामर्श दिन भनी खोलिएका कन्सल्टेन्सी एजेन्सीले विद्यार्थीको राहदानी नियन्त्रणमा लिएर म्यानपावरको काम गरिरहेको खुलासा भएको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले ३० कन्सल्टेन्सी एजेन्सीमा छापा मार्दा विद्यार्थीको राहदानी अवैध रूपले नियन्त्रणमा लिने, सरकारी छाप किर्ते गरी नक्कली कागज तयार गर्नेलगायत धन्दामा संलग्न फेला पारेको हो ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार साइप्रस, क्यानडा, अस्ट्रेलिया, जापानलगायत मुलुकमा रोजगारी दिलाउने प्रलोभन देखाई कारोबार गरेको पाइएपछि ३१ जना कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरिएको छ । जसमध्ये २३ जनाविरुद्ध बुधबार ठगी मुद्दा दर्ता भएको छ । बाँकी ८ माथि अनुसन्धान भइरहेको छ ।
‘कन्सल्टेन्सीले शैक्षिक परामर्श दिनुपर्नेमा चर्को रकम लिएर गैरकानुनी रूपमा पासपोर्ट राखेर म्यानपावरको काम गरेको पाइयो,’ खनालले भने, ‘सरकारी छाप प्रयोग गरेर नक्कली कागजपत्र बनाउने गरेको रहेछ । भिसा लगाउन बैंक स्टेटमेन्ट पनि नक्कली बनाएको भेटियो ।’ प्रहरीले छापा मारेका कन्सल्टेन्सीले विभिन्न मुलुक पठाउन भनी प्रतिव्यक्ति १२ देखि १५ लाख रुपैयाँसम्म लिएको पाइयो ।
यसअघि शिक्षा मन्त्रालयले आफ्नो स्वीकृतिबिना सञ्चालित शैक्षिक परामर्श कन्सल्टेन्सीलाई कारबाही गर्न प्रहरीलाई आग्रह गरेको थियो । ‘दर्ता नै नभई शिक्षा क्षेत्रका कार्यहरू सञ्चालन गर्नु घोर गैरकानुनी काम हो । यसबाट सेवाग्राही विद्यार्थी ठगिने उत्तिकै सम्भावना छ,’ मन्त्रालयले प्रहरीलाई लेखेको पत्रमा भनिएको छ, ‘दर्ता नभई शैक्षिक उद्देश्यले सञ्चालित फर्म तथा कम्पनीहरूको अनुसन्धान गरी कानुनअनुसार कारबाही गरिदिन अनुरोध छ ।’ छापा मार्दा भेटिएका कागजात र यही पत्रलाई आधार बनाई प्रहरीले ठगी मुद्दा चलाएको हो ।
शिक्षा मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका अनुसार ५ सय १ कन्सल्टेन्सीले दर्ताका लागि निवेदन दिएकामा १ सय ७४ ले मात्र सेवा सञ्चालन स्वीकृति पाएका छन् ।
महाशाखाका अनुसार काठमाडौं परिसरबाट ११, गौशाला वृत्तबाट चार, बानेश्वर वृतबाट दुई र ललितपुर परिसरबाट पाँच जना विरुद्ध ठगी मुद्दा चलाइएको हो । कुपन्डोलको ग्रिन माउन्टेनका राजेन्द्र पोखरेल, फरच्युन एडुकेसनलका विजयकुमार बस्न्यात, लगनखेलको सीएसी नेपालका वीरेन्द्र बज्राचार्य, सुभारु कन्सल्टेन्सीका अञ्जनकुमार थापा, न्युम्यान कन्सल्टेनसीका रश्मी श्रेष्ठ, बागबजारको एटुजेट इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीका शिव अर्याल, सिकास ब्रिज टु स्टडी इन चाइना/ग्लोबल सेन्ट्रल एडुकेसनका एरिस उप्रेती, सीएसी इन्टरनेसनलका लोकेन्द्र सुवेदी, ओसिस माइग्रेन्टका राम थापा, सबलाइम एडुकेसनलका समर शाह, थिंक एजुकेशनलका जीवन थापा र सुदिपचन्द्र पोखरेल र मिराई जापनिज ल्याङग्वेज कन्सल्टेन्सीका सुदीप पराजुली पक्राउ परेका हुन् ।
त्यस्तै पुतलीसडकको एनआईसी एजुकेसनल कन्सल्टेन्सीका दामोदर शर्मा, वेभ इन्टरनेसनलका दीपक पुडासैनी, बानेश्वरको इडिफाई एजुकेसनल कन्सल्टेन्सीका ऋषि थपलिया, ग्लोबल एडु हबकी सपना पौडेल, पास्कल टेक्नो एजुकेसनलका देवकृष्ण केसी, चाबहिलको सेक्युर्ड लाइफ इन्टरनेसनल समूहका रामचन्द्र ओली, स्काइवार्ड एजुकेसन एन्ड रिसर्च सर्भिसका किरण अधिकारी, लोटस फ्लोर, इन्टरनेसनलका ज्ञानेन्द्र सिंखडा, शिशिर वाग्ले र कमलादीको मिसन अल एजुकेसनलका प्रभात श्रेष्ठ पनि पक्राउ परेका छन् । इस्ट–वेस्ट जापनिज ल्याङग्वेज एकाडेमीका रोशन गुरुङ र इडिफाईका थपलिया फेला नपरेको महाशाखाले जनाएको छ । इस्ट–वेस्टबाट सबैभन्दा बढी २७ थान राहदानी बरामद भएको छ । सरकारी कार्यालयको सहित १९ थान छाप समेत भेटिएको थियो । प्रहरीले ग्रिन माउन्टेनबाट २५, फरच्युनबाट ४ थान, शुभारुबाट ६ थान र एआईसीईबाट ७ थान राहदानी बरामद गरेको छ । बुधबार थापाथली, कलंकी कालिमाटीबाट थप ८ जना नियन्त्रणमा लिएको खनालले बताए ।
गैरकानुनी काममा संलग्न व्यक्तिलाई कारबाही प्रक्रिया अघि बढाउन सहयोग गर्नुपर्नेमा राजनीतिक दलका नेता, मन्त्री र ईक्यानका पदाधिकारी उनीहरूलाई छुटाउन लागि परेको स्रोतले जनाएको छ । प्रहरीले विदेशको प्रलोभनमा ठगिएका विद्यार्थीलाई महाशाखामा सम्पर्क गर्न आग्रह गरेको छ । महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रकम लिएर विदेश पढ्न पठाइदिन्छु भन्दै ठगिएका, रकम बुझाएर पनि विदेश जान नपाएका, अध्ययन गर्न जाने प्रक्रियामा रहेका विद्यार्थीहरू सम्पर्क राख्न हुन समेत आहवान गरिएको छ ।’
प्रकाशित: भाद्र ३, २०७२, http://kantipur.ekantipur.com/printedition/news/2015-08-20/20150820084204.html
शैक्षिक परामर्श भन्दै म्यानपावर धन्दा अध्ययनार्थ विदेश जान चाहनेलाई परामर्श दिन भनी खोलिएका कन्सल्टेन्सी एजेन्सीले विद्यार्थीको राहदानी नियन्त्रणमा लिएर म्यानपावरको काम गरिरहेको खुलासा भएको छ ।
किन आए आमिर खान नेपाल ?
कपिलवस्तु, आश्विन २१ - मंगलबार काठमाडौं आइपुगेका चर्चित बलिउड अभिनेता अमिर खान बुधबार कपिलवस्तुमा आउने भएका छन् ।
युनिसेफले संचालन गरेको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन उनी कपिलवस्तु आउन लागेका हुन् । कपिलवस्तुको कपडी हेल्थ पोष्टमा आयोजना गरिएको तथ्यांक प्रस्तुतिकरण कार्यक्रममा उनी सहभागी बन्न लागेका हुन् ।
उनले पकडी ६ सेमरउटीमा आमा समूह र महिला स्वयंसेविकाको कुपोषित बालबालिकाको उपचार गर्ने तरिका र विधी अवलोकन गर्नेछन ।
खानलाई युनिसेफले यहाँ ल्याउन लागेको हो । उनी बुधबार विहान यति एयरको चार्टड जहाजबाट भैरहवा आउने बताइएको छ । भैरहवाबाट गाडीमा यहाँ आउँदा विहानको खाजा कार्यक्रम लुम्बिनीमा राखिएको छ । विहान १० देखि १२ बजे सम्म २ घण्टा कार्यक्रममा सहभागी भई उनी र्फकने कार्यक्रम रहेको छ ।
खान युनिसेफका सदभावना दुत हुन् । युनिसेफका अधिकारी २ दिन देखि पकडीमा बसेर कार्यक्रमको तयारी गरिरहेका छन् ।
खानको कार्यक्रममा संचारकर्मीलाई प्रबेश नदिन युनिसेफका पदाधिकारीले जिल्ला स्थित सुरक्षा अधिकारीलाई आग्रह गरेका छन् ।
त्यसअनुरुप ब्यवस्था गरिएको सुरक्षा अधिकारीले बताए । खान आउने भएपछि जिल्लाको सुरक्षा सतर्कता बढाइएको छ ।
उनलाई हेर्न युवाको ठुलो भीड जम्मा हुने अनुमान छ । ४९ वर्षीय खान बलिउड अभिनेताका रुपमा मात्र चर्चित छैनन् ।
उनले टेलिभिजनमा सञ्चालन गरेको टेलिभिजन कार्यक्रम 'सत्यमेव जयते'ले प्रशंसा बटुलेको छ । उनी टाईम म्यागेजिनले विश्वको १ सय प्रभावशाली व्यक्तिको सूचीमा पारेपछि उनी भारतमा मात्रै नभई संसारभर चर्चित बनेका थिए ।
From: ekantipur
प्रकाशित मिति: २०७१ आश्विन २१ ०५:११
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Baneshwor
Kathmandu