Fight For Life Nepal
Profile: Fight for Life Nepal
Fight for Life Nepal established in the year 2078 is a non- profit or
15/06/2026
हार्दिक धन्यवाद !
आज फाइट फर लाइफ नेपाल को संम्योजनमा मोतिबिन्दु सम्बन्धी निःशुल्क आँखा जाँच कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने मातृका आँखा सेन्टर तथा चन्द्रागिरी नगरपालिका का नगर प्रमुख Ghanashyam Giri प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं।
यस कार्यक्रममार्फत समुदायका ज्येष्ठ नागरिक तथा सर्वसाधारणलाई समयमै आँखा परीक्षणको अवसर प्रदान गरी आँखाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउनुभएको छ। यहाँहरूको सहयोग, समर्पण र सामाजिक उत्तरदायित्वको भावनाले धेरै व्यक्तिहरू लाभान्वित भएका छन्।
भविष्यमा पनि यस्ता जनहितकारी तथा स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमहरू निरन्तर सञ्चालन हुँदै जाने विश्वासका साथ पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछौं।आजको चेक जाँच मा 34 जाना जेष्ठ नागरिकको मोतिबिन्दुपत्त लाग्यो उहाँ हरुको सल्यक्रिया 6 गते सनिवार बिहान 8 बजे मातृका आँखा सेन्टर पुरानो बानेश्वर मा हुने छ ।
– फाइट फर लाइफ नेपाल परिवार 🙏👁️💐
13/06/2026
माटृका आइ सेन्टर को प्राविधिक सहयोगमा फाइट फर लाइफको संम्योजनमा ललितपुर मंगल बजारको गौह मिसा पुच ले आज निशुल्क मोति बिन्दु को चेक जाँच कार्यक्रम आयोजना गरेर जेष्ठ नागरिकहरुको सेवा गर्यो । आजको चेक जाँच को सल्यक्रिया 6अशार मा हुन्छ ।धेरै धन्यवाद सबै सहयोगी हात हरुलाइ 🙏🙏
06/06/2026
विश्व वातावरण दिवस तथा मे ३१ मा मनाइने विश्व सुर्तीजन्य पदार्थ निषेध दिवसको अवसरमा नेपाल क्यान्सर रिलिफ सोसाइटी र फाइट फर लाइफ नेपालको संयुक्त आयोजनामा प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरूबीच चित्रकला प्रतियोगिता कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
नेपाल क्यान्सर रिलिफ सोसाइटीका अध्यक्ष श्री कृषण महर्जन ज्यूको सभापतित्व तथा विद्यालयका प्रधानाध्यापकज्यू को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा फाइट फर लाइफ नेपालका अध्यक्ष हेमा मानन्धरज्यू, नेपाल क्यान्सर सोसाइटी का वरिष्ठ उपाध्यक्ष डा. बिमला शाक्यज्यू, सचिब दिव्या बज्राचार्यज्यू, कोषाअध्यक्ष किरण महर्जन ज्यु,सदस्य माणिक रत्न शाक्य ,मिस नेवा प्रलिशा शाक्यज्यू, मिस नेवा कृशा महर्जनज्यू, मिस नेवा सकिना महर्जनज्यू, फाइट फर लाइफ नेपालका उपाध्यक्ष दिल कुमार महर्जनज्यू तथा फाइट फर लाइफ नेपाल, डल्लु शाखाकी अध्यक्ष नविना शाक्यज्यूका साथै लाइन्स कल्ब अफ काठमाडौं गौरी शंखर का उपाध्यक्ष सिर्जना डङ्गोल ज्यु गरिमामय उपस्थिति रहेको थियो।
बालबालिकाहरूमा वातावरण संरक्षण, स्वास्थ्य सचेतना तथा सिर्जनात्मक क्षमताको विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम उत्साहपूर्ण सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक, अतिथिवर्ग तथा सहयोगीहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं। 🌿🎨💚
:::
13/05/2026
सदा देशकोसेबा गर्न सकु
देसको टेवा भन्न सकु ।।
एउटा सुन्दर अनि माहान काम एउटा पबित्र ठाउमा, सुन्दर काम, फाइट फर लाइफ नेपाल का डल्लु शाखाले आयोजनामा लायन्स क्लब अफ काठमाडौँ टेम्पल भ्याली, लायन्स क्लब अफ काठमाडौँ शेषमती, लायन्स क्लब अफ काठमाडौँ गौरीशंकर, लायन्स क्लब काठमाडौँ काइड हाट्को, सयुक्त सम्योजन मा मातृका आइ सेन्टर प्राविधिक सहयोग मा स्वयम्भूको अशोक बौद्ध बिहारमा आँखाका शिविर सञ्चालन गरेर जेष्ठ नागरिक आमाबाबाको आँखा देखाउने काम गर्यो र उहाँहरु हामीले आँखा अप्रेसन गरेर उहाँहरुलाई आँखाको ज्योति प्रदान गर्यौ। हामी आभारी छौँ मातृका आइ सेन्टरका वरिष्ठ डक्टर किशोर प्रधान ज्यूसँग र कल्याण ज्यू सँग, उहाँहरूको अथक प्रयासले धेरै जेष्ठ नागरिकहरूले आफ्नो आँखाको ज्योति प्राप्त गर्नुभयको छ । हामी धेरै धेरै आभारी छौं मातृका आइ सेटर को सम्पुर्ण परिवार प्रती धन्यवाद साथ नमन। 🙏🙏🙏
04/05/2026
मेरो देश सस्कार संस्कृति ले भरियको सुन्दर सान्त अनि विशाल छ ।म नेपाली अनि नेवार मलाई नेवार भएर मेरो पुर्खा ले बनाइ दिएको यो माहान परम्परा धान्न मन पर्छ ।ओहो .... म नेवार हु यस कुराको गर्व लाग्छ ।माता कुमारी लाई बोल्न्न भेट्न सक्न्नु हुन्छ उहाँ मुस्कुराउनु हुन्छ बोल्न्नु हुन्छ के कतै छ मेरो देशमा छ,यसैको गौरव लाई कायम राख्न हिजो भब्य कुमारी -कुमार पुजा गरियो ।भिबिन्न संघ सस्थाको प्रमुखज्यु हरुको उपस्थितिमा यो कार्यक्रम सम्पन्न गरियको थियो ।
कार्यक्रम आयोजना
फाइट फर लाइफ नेपाल
लाइन्स कल्ब ओफ काठमाडौं टेम्पल भ्याली ,
लाइन्स कल्ब ओफ काठमाडौं षेसमती
लाइन्स कल्ब ओफ काठमाडौं
गौरी शंखर
लाइन्स कल्ब ओफ काठमाडौं काइड हाट
को सयुत्त आयोजना मा भयेको थियो ।
उपस्थितिमा फाइट फर लाइफ नेपालका वरिष्ठ सल्लाहकार :
वरिष्ठ गायिका मिरा राणा, प्रोफेसर डक्टर बिमला शाक्य प्रोफेसर दिब्य बज्राचार्य ,
वरिष्ठ कलाकार मदनदास श्रेष्ठ वरिष्ठ समाचारवाचीका धन लामा ज्युको विशेष उपस्थिति थियो। समाजसेवी तथा उद्योगी हुनुहुन्थ्यो उइ विल राइजका अध्यक्ष निर्मल श्रेष्ठज्यू , जोन चियर Lion Maharjan DK ,मिस नेवा Pralisha Shakya, मिस नेवा Sakina Maharjan, मिस नेवा Krisha Maharjan ,डल्लु शाखा को अध्यक्ष Nabina Shakya, सानु गाउँ शाखाका अध्यक्ष Sunila Khadgi, डोबरका अध्यक्ष Rina Shrestha ,लाइन जोन चियर Kiran Roshan Yovan Sc, मिस लिटिल नेवा र संस्था का सदस्य साथी हरुको बाक्लो उपस्तिथि सहयोगले कार्यक्रम भब्य रुप सफल भयो म सम्पुर्ण साथीहरु, सहयोगी हात हरुलाइ धेरै धन्यबाद दिन चाहन्छुआभारी र नमन ।🙏🙏
26/04/2026
आज मिति २०८३ वैशाख १३ गते आइतबार फाइट फर लाइफ नेपालको आयोजना र लायन्स क्लब अफ काठमाडौ टेम्पल भ्याली, लायन्स क्लब अफ काठमाडौ सेष्मती, लायन्स क्लब अफ काठमाडौ गौरीशंकर, लायन्स क्लब अफ काठमाडौ काइण्ड हार्टको सहयोगमा किर्तिपुर वडा नं १० को सामुदायक भवनमा नि:शुल्क मोतिबिन्दु आँखा शिविर सफलतापुर्वक सम्पन्न भयो।
22/04/2026
आदरणीय सल्लाहकारज्यूहरू,
हाम्रो संस्था “Fight For Life Nepal” का लागि सल्लाहकारको महत्वपूर्ण जिम्मेवारी स्वीकार गर्नु भएकोमा हजुरहरू प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्न चाहन्छौँ।
हजुरहरूको अनुभव, ज्ञान र मार्गदर्शनले हाम्रो संस्थालाई अझ सशक्त, प्रभावकारी र उद्देश्यपूर्ण बनाउनेमा हामी पूर्ण विश्वास गर्दछौँ। समाजमा सकारात्मक परिवर्तन ल्याउने हाम्रो यात्रामा हजुरहरूको साथ, सहयोग र सुझाव अमूल्य रहनेछ।
हामी हजुरहरूसँग सहकार्य गर्दै अघि बढ्न पाउँदा अत्यन्त गौरवान्वित र उत्साहित छौँ।
पुनः एक पटक, हामी सबै सल्लाहकारज्यूहरूलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछौँ।
सादर,
Fight For Life Nepal परिवार🙏
08/04/2026
फाइट फर लाइफ नेपाल डल्लु शाखाको अनुरोधमा माट्रिका आइ सेन्टर पुरानो बानेश्वरको प्राविधिक सहयोगमा आनन्द भुबन बिहार डल्लुमा वृहत मोतिबिन्दु आँखा शिविर कार्यक्रम हुँदै छ ।धेरै धन्यवाद माट्रिका आइ सेन्टर अनि हाम्रो शाखाका अध्यक्ष Nabina Shakya ज्यु र सम्पुर्ण शाखाका साथीहरु, हामिलाइ सेवा गर्न्ने मौका दिनु भयो।
27/03/2026
समाज सेबालाइ अलिक ठुलो राम्रो बनाउन र समाज सेवा मा महिला दिदिबहिनी को पहुक राम्रो बनाउन हामिले हाम्रो सेवा गर्न्ने सस्थालाइ बिस्तार गरि शाखा बिस्तार गर्दै हिजो हामी थेचो पुगेउ र तेहा आफ्नो शाखा स्थापना गरेउ Sunila Khadgi ज्युको अध्यक्षता मा नौ जना दिदी बहिनी हरु भिबिन्न पदमा आशिन हुनुहुन्छ ।सुनिला सहित मेरो सम्पुर्ण दिदीबहिनी लाई शुभकामना बधाई 🙏🙏🙏कार्यक्रम मा केन्द्रीय उपाध्यक्ष Lion Maharjan DK ज्यु केन्द्रिय सचीव miss newa Sakina Maharjan ज्यु केन्द्रिय कोषा अध्यक्ष miss newa Krisha Maharjan ज्यु, डल्लु शाखाका अध्यक्ष Nabina Shakya ज्युको गरिमामय उपस्थिती थियो।
15/03/2026
फाइट फोर लाइफ नेपाल ले आफ्नो शाखा बिस्तार गर्दै समाज सेवा गर्ने र गराउने जमर्को गर्दै छ।
सबै लाई शुभकामना हाम्रो नया साथीहरु स्वागत छ समाज सेवा गर्न्ने एउटा माहान अनि भब्य आगानमा।धेरै धन्यवाद नया शाखा को आदरणीय अध्यक्ष Nabina Shakya ज्युलाइ र सबै आदरणीय नया पदाधिकारी ज्यु हरुलाइ शुभकामना 🙏🙏
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Dillibazaar
Kathmandu
44600