Agrim post

Agrim post

Share

This is the online News Portal from Nepal runs under Agrim Group.

28/11/2025

डा. सुनिल शर्मा: “देशकै चौथो ठूलो दलका सभापति रवि लामिछानेलाई जेलबाट ननिकाले चुनाव हुन दिँदैनौं”

24/11/2025

नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेका बेला ठूलो परिमाणमा अनलाइन सट्टेबाजी सञ्चालन हुँदै आएको तथ्य फेला परेको छ। काठमाडौं प्रहरी परिसरले सोमबार गरेको खुलासाअनुसार पक्राउ परेका व्यक्तिहरूले करिब २ करोड ५ लाख रुपैयाँसम्मको अवैध कारोबार गरेका थिए।

प्रहरीका अनुसार पक्राउ परेका सबै जना हरेक खेलमा त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमै उपस्थित रहने गर्थे। खेल हेर्न पुगेझैं देखिए पनि उनीहरू मोबाइलबाट अनलाइन सट्टा मिलाउँदै खेलको हार–जितको आधारमा रकम चलाइरहेका थिए। अनलाइन प्लेटफर्ममार्फत हुने यस्तो गतिविधि पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

प्रवक्ता हेमन्त आचार्यका अनुसार पक्राउ परेकामध्ये भारतको आन्ध्र प्रदेशबाट आएका आठ व्यक्ति सट्टेबाजीमै केन्द्रित हुन विशेष रूपमा नेपाल आएजस्तो देखिन्छ। उनीहरू ठमेल र सुन्धाराका होटलमा बस्दै, खेलको दिन टिकट काटेरै स्टेडियम पुग्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

एनपीएलका खेलहरूलाई लक्षित गरी सट्टेबाजी सक्रिय रहेको सूचनाका आधारमा प्रहरीले रंगशालाबाटै १० जना भारतीय नागरिकलाई गिरफ्तार गरेको थियो। एसपी पवनकुमार भट्टराईका अनुसार प्रतियोगिताको सुरक्षाका लागि प्रहरीका बिशेष टोलीसहित करिब ४ सय जनशक्ति परिचालन गरिँदै आएको छ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Kathmandu
94530