Hellopalika

Hellopalika

Share

सत्यतथ्य समाचार को एक पहरेदार hellopalika.com

15/12/2025

यी सभा/ सम्मेलन; यी भेला/ मिलन के का लागि ?

#- प्रतिवर्ष मुलुकको ८० प्रतिशत युवा श्रमशक्ति बेरोजगार रहनुपर्ने वा कामको खोजीमा देशबाहिर जानु परेको छ । गत आवमा ८ लाख ३९ हजार २७० जनाले वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिएका थिए । यसबाट गतवर्ष दैनिक सरदर २ हजार ३०० युवा रोजगारीका लागि विदेशिने गरेका देखिन्छ । उनीहरूलाई नेपालमै रोजगारी दिने योजना कुन दलले बनायो ? कुन दलले त्यसका लागि नाराजुलुस/बहस/छलफल चलायो ?
#- स्वदेशभित्र रोजगारीका अवसरहरूको उपलब्धताका बारेमा सूचना प्रवाहका लागि हाल ७५३ स्थानीय तहमा रोजगार सेवा केन्द्रहरू छन् । त्यहाँ कार्यरत सरकारी भत्ता खानेहरूले के गरेका छन् ? कुन दलले बहस चलायो ?
#- किसानका खेतबारी दिनहुँ बाँझिदै छन् । कृषि गणना तथ्यांक अनुसार एक दशकअघिको तुलनामा बाँझो जग्गा ९५ प्रतिशतले बढेको छ । तर खेतबारीको माटो परिक्षण गरि बालि सिफारीस गर्न कुनै दलले जुलुस गरयो ? बहस छलफल चलायो ?
#- विश्वका १८० देशमध्ये नेपाल धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा १०७ औँ स्थानमा छ । तर भ्रष्टाचार रोक्न, भ्रष्टलाई कारबाही गर्न कुन दलले आन्दोलन/जुलुस गरे ? बहस/छलफल गरे ?
#- सुशासनको पक्षमा आवाज उठाउन पुगेका ७६ जना विद्यार्थी, किशोरकिशोरी र युवायुवतीक‍ो जीवन समाप्त पारियो । उनीहरूको न्यायको लागि कुनै दलले जुलुस गरे ? बहस चलाए ?
बरू २४ भदौमा उनीहरूको जुलुसमा घुसपैठ दलहरूले गरेर ऐतिहासिक धरोहर जलाए, मुद्दाका मिसिल जलाए, जघन्य अपराधका कैदीबन्दी उम्काए, आफ्नाे रिसइवी साँधेर फरक पार्टीका नेताका घर जलाए, दलहरूले जेनजी आन्दोलनकै बदनाम गराए ।
अहिले सभम/सम्मलेलन, भेला वा जुलुस के का लागि ? ७६ जना बालबालिका, युवा विद्यार्थीको रगतमा होली खेलेर पुगेन र अझै प्रदर्शन ?
कि यो आन्दोलन नै अन्तिम हो, अब हामी पूर्ण रूपमा सुरक्षित भयौँ भन्ने छ ? अब सत्तामा फर्कने दाउपेच होइन, आन्दोलन गर्नै नपर्ने वातावरण बनाओ ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


अनामनगर/३२ काठमाडौ
Kathmandu
44600