CDS Nepal
Child Development Society is a NGO which was established in 2048 B.S (1991 A.D).
10/01/2026
आजको Self of the Day — Peer Educator Nishan Rawal !!
आफ्नो उत्कृष्ट आत्मपरिक्षण, समर्पण र स्मार्ट कार्यशैलीमार्फत उल्लेखनीय योगदान पुर्याउनु भएकोमा उहाँलाई सम्मान गरिएको छ। आफूमा परिवर्तन ल्याउने दृढ प्रतिबद्धतासँगै समुदायमा सकारात्मक रूपान्तरणको लागि निरन्तर काम गर्दै आउनुभएकोमा उहाँलाई हार्दिक बधाई तथा प्रशंसा।
सन्दर्भ : RupantaranLifeSkilltot2026 !!
09/01/2026
बालबालिकाको जीवनमा सकारात्मक रूपान्तरण ल्याउने उद्देश्यसहित रूपान्तरण तथा संरक्षणात्मक सीप (Protective Skill) TOT कार्यक्रमको उद्घाटन गर्न पाउँदा हामी अत्यन्त हर्षित छौँ। ललितपुरमा आयोजित यस कार्यक्रममा काठमाडौं महानगरपालिका–१६ र कीर्तिपुर नगरपालिकाका २८ जना Peer Educator सहभागीहरूको सक्रिय सहभागिताले समुदायस्तरमा सुरक्षित, सशक्त र सम्मानजनक भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौँ।
31/12/2025
चन्द्रागिरि नगरपालिका काठमाडौं जिल्लामा पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा (२०८२ पुष १४ गते) भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं । बालश्रम मुक्त पालिका निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्दैै प्रक्रियागत कार्य गर्न वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा बाल विकास समाजलाई सहकार्य गर्ने अवसर प्रदान गर्नुभएकोमा नगरपालिका प्रति हार्दिक आभार प्रकट गर्दछौं ।
Click here to claim your Sponsored Listing.
Contact the organization
Telephone
Website
Address
Faika/1
Kathmandu