Babalaya.com

Babalaya.com

Share

Babalaya.com is one of the Largest online booskstore in Nepal. More than Thausands of varieties of Books available in one marketplace. Stay Motivated!!

03/08/2020

यहाॅंहरू सबैलाई Babalaya को तर्फबाट जनै पूर्णिमाको हार्दिक मंगलगय शुभकामना।


’s_Largest_Online_Store

20/07/2020

Actually true!!
🤓🤓🧐🧐


's_Largest_Online_Store

13/07/2020

'भानु जयन्ती'

यसवर्षको भानु जयन्तीको अवसरमा हामीसबै नेपाली भाषीक र भाषालाई मायागर्ने हृदयहरुलाई स्वागत छ । बिसं १८७१ मा अहिलेको तनँहु जिल्लाको चुँदी रम्घा भन्ने ठाँउमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो।

ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादिक्षा लालनपालन त्यसै अनुरुप धार्मीक अनि सांस्कृतिक अनुशाषनमा भएको हो । अहिलेको नेपाली भाषालाई उतिबेला "खस्" भाषा भनिन्थ्यो र यो भाषा लिपीबद्ध भन्दापनि सामान्य अभिब्यक्तिहरुमा मात्र सिमीत थियो । १५ औं शताब्दीमा "खस्" राजाहरुको पराजयसंगै "खस्" भाषा पनि ओझेलमा परेको थियो ।

नेपाली भाषाका प्रथम कवि यिनै भानुभक्त हुन् जसले भावनाको मर्मलाई नेपाली भाषा र शब्दको मानचित्रमा अभिब्यक्त गरेको हुन् । त्यसैले पनि भानुभक्तलाई आदिकवि भनिन्छ । उतिबेला कविताहरु र औपचारीक साहीत्यहरु संस्कृत भाषामा हुनेगर्दथे, यसअर्थमा संस्कृत भाषा बुझ्न र बुझाउनसक्ने ब्राह्मणहरुको आवश्यक्ता र महत्व धेरै थियो । सामान्य जनमानसले चाहेर पनि सरल अर्थमा आँफै साहित्य र कलात्मक अभिब्यक्ति बुझ्न गाह्रो थियो ।

भानुभक्तले उतिबेला सम्पूर्ण रामायणलाई नै संस्कृतबाट सरल नेपालीमा लिपीबद्ध गरिदिए, अचम्मको कुरा त के छ भने अनुवाद गरिएतापनि नेपाली संस्करणको रामायण अलौकीकरुपमै छन्द र भावको दोभान जस्तो छ । अझ फराकीलो हिसाबले सोच्ने हो भने त भानुभक्तले अध्यन र ज्ञानलाई भाषामार्फत सरलीकृत गरेर सबै नेपालीहरुको सरल पहुचमा विस्तार गरेका हुन् भन्न सकिन्छ । आफ्नो समाज र परिवेशबाटै भानुभक्तले सिकेका हुन् तसर्थ यीनको रचनामा समाज र व्यबहारीक्ताको संगम पाइन्छ ।

भानुभक्तको जीवनमा एकजना घाँसीले उनलाई प्रेरणा दिएको हो, घाँसी दरिद्र भएतापनि घाँस काटेर पाएको पैसाले समाजकालागि पानी खाने कुवा खन्दछ । भानुभक्तलाई आफू घाँसीभन्दा धनी भएतापनि समाजकालागि केहि गरुँ भन्ने भाव नभएको महशुस भएर आफूप्रती ग्लानीपनि लाग्दछ । तर सबैको देन आ आफ्नै हुन्छ, भानुभक्तका शब्द र अभिब्यक्तिले कथेका काब्यहरु अझैपनि नेपाली दलिनहरु भित्र सुरक्षीत रुपमा राखिएका छन् । रामायणभित्र रहेका बालकाण्ड, अरन्यकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड आदि काण्डका कथा, उपकथाले पाठकलाई मनोरञ्जन, सामाजिक, नैतिक र चारित्रिक शिक्षा प्रदान गरेको छ। भानुभक्तले "रामायण"का अतिरिक्त अन्य थुप्रै कृति सृजना गरेपनि उनी रामायणमा बाँचेका छन् । गाँउलेहरुले एकैठाँउमा रामायण वाचन गरेर सुन्नु अहिलेको थ्रिडि या फोर डि सिनेमा हेरेको भन्दा धेरै रसस्वादन गरेर आत्मसाथ गरिन्थ्यो । रुची भएका पाठकहरुले रामायणका श्लोकहरु याद गर्नु अहिले पनि नेपाली समाजमा छ भने रोचक प्रसंग त सामान्य नेपाली भाषामा छन्द र श्लोकहरु पाएपछि बिहे, ब्रतबन्ध आदिमा दोहोरी या सिलोक खेल्ने चलन पनि शुरु भएको हो । यसअर्थमा आजको दोहोरी र लोकगीतहरुको उदगम बिन्दु पनि नेपाली समाजका लागि भानुभक्तको सरल रामायण नै हो ।

भानुभक्तको घाँसी कविता जस्ताको तस्तै

भर जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति

भानुभक्तको लय बिल्कुलै फरक प्रकारको छ, त्यस लय अझै पनि नेपाली जनजीब्रोमा छ । उनिपश्चातका अन्य धेरै कविहरुले आजसम्म पनि आफ्ना कविताहरु वाचन गर्न यहि लयको प्रयोग गरेका छन् ।

भानुबाजे अर्थात भानुभक्तको सम्झनामा नेपाल, भारतको दार्जिलिङ्ग लगायतका क्षेत्रहरु अनि नेपाली समाज भएका विश्वभरिकै देशहरुमा भानुजयन्ती मनाइन्छ । भानुभक्त कविमात्र नभएर नेपाली भाषाका ढुकढुकी हुन् र हरेक नेपाली जिब्राहरुमा भानुभक्तको लय अझै जीवीत छ । भानुभक्तका विरोध र समालोचनामा समेत धेरै कुराहरु लेखिए । उनलाई केवल अनुवादकको बिल्ला लगाउन चाहने नाङ्गातर्कहरु पनि आए तर ति कुराहरु उनिप्रतीको अन्याय हो ।

अनुवाद गर्दै छन्द अनि भावलाई कायम र अझ भनौं बढोत्तर गर्नसक्नु, शताब्दीसम्म जनमानसले प्रयोगगर्न सक्ने र यर्थाथपरक उखान, भनाई र छन्दात्मक अभिब्यक्ति दिएर जानु र नेपाली भाषाको चौतर्फी संस्थागत गर्नसक्नु भानुभक्तको आदिकवि हुनको पूर्णव्याख्या र पहिचान हो । छतौरे प्रेमकथा र सतही कुण्ठाहरुको उजागर गरेर खोक्रो साहित्यलाई परिभाषीत गर्ने आजको समाजले भानुभक्तको गहनता र सरलताबाट धेरै सिक्न जरुरी छ ।

एउटा कुरा स्पष्ट छ, हामीले सायद महान भानुभक्तको जीवनबारे अझै र उनका कृतीबारे अझ थप अध्यन र अन्वेषण गर्न जरुरी छ । मोतीराम भट्ट र भानुभक्त जोडिएर आउने नामहरु हुन् । यूगकवि मोतीरामले भानुभक्तका धेरै अन्य कृतीहरु प्रकाशमा ल्याएका हुन् भने कतिले त भानुभक्तका अधिकांश कृतीहरु मोतीरामले लेखेका हुन् भनेर आरोप पनि लगाउने गर्दछन् ।

भारतमा अध्यन गरेका मोतीरामको उर्दु, फारसी लगायतका भाषामा विशेष दखल हुदाहुदैपनि नेपाली भाषा र विशेषतः भानुभक्तका कृतीहरुप्रतिको समर्पणले, नेपाली भाषाको फराकीलो दायरा र नेपालीपन उद्घोष गर्दछ । भानुजयन्तीमा मोतीराम भट्ट छुट्न नहुने नाम हो । मोतीरामले बिसं १९४१ मा लामोसमय भानुभक्तका बारेमा अन्वेषण र सोध गरि छपाएका जीवन चरित्रपछि भानुभक्तका बहुआयमीक रचनाहरु अझ जनमानसका सामु आएका हुन् । भारतीय इन्साइक्लोपेडियामा समेत भानुभक्तको खुलेर व्याख्या गरिएको छ ।

भानुभक्तका केही रोचक प्रसंगका कुरा गर्दा छिमेकि भाट थरका ब्यक्तिसँग जग्गाको सिमानामा झगडा गरेका भानुभक्तलाई भाट शब्दसँगै यति चित्त दुखाई भयो कि उनले आफ्नो घरको भित्ताहरुबाटै बाँसका भाटाहरु निकालेर फालेका तथ्य पनि अझै तनँहु अनि त्यहि छेउछाउका ठाँउहरुमा प्रचलित छ ।

भानुभक्तबाट अहिलेका पुस्ताले भाषामोह सिक्न जरुरी छ । छरिएका भाषाहरुलाई एकसुत्रमा बाँध्ने महान व्यक्ति, नेपालीजनका आदिकविको सम्झनामा आज बिश्वभर नै कतै बलले, कतै करले त कतै चलन थाम्नकालागि मात्रैपनि कार्यक्रम गरेर मनाइन्छ । भानुभक्त बिकल्प हैनन् बरु भानुभक्त हाम्रा लवजका आधार हुन् भन्ने बुझ्न जरुरी छ है ।

नेपाली भाषाको अध्यन, अनुसन्धान अनि विकासनै भानुप्रतीको सच्चा श्रद्धासुमन हुनेछ । शेक्सपियरका कविता, अंग्रेजी गीत मुखाग्रे भएका नेपाली पुस्ताहरुले भानुभक्तलाई चिन्ने वातावरण हुनपर्दछ किनभने नेपालीले पहिले "गाई" बुझ्दछ अनि मात्र "काउ"को अर्थलाई गाईसँग जोड्दछ । पहिले "आमा" बुझन जरुरी छ अनिमात्र "मम" या "मदर" ।

अमर रहुन् भानुभक्त र उनका रचनाहरु । कालो टोपी लगाएका भानुभक्तको छवि र महत्व नेपालीजनमा रहिरहोस् |
------

Want your business to be the top-listed Shop in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


New Road, Near Bishal Bazaar
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00