Routine Of Nepali Politics
सत्यतथ्य, निष्पक्ष अनि ताजा राजनीतिक समाचारको लागी हाम्रो पेज लाईक गर्नुहोला धन्यवाद �
04/09/2023
Rain 🌧️ stops play & the covers are 🔛!
Stay Tuned for more updates ⌛️
Nepal 178/6 after 37.5 overs.
| |
13/09/2022
चुनावी परामर्शका लागि केही दिनअघि बालकोट पुगेका सचिव योगेश भट्टराईलाई ओलीले चुनाव लड्ने भए आत्मालोचना पत्र लेख्न भनेको स्रोतले जनाएको छ । ‘संसदमा विश्वासको मत लिन खोज्दा अनुपस्थित रहने सांसदले आत्मालोचना गर्नुस्,’ ओलीले भनेका थिए । भट्टराईले भने आफूले अध्यक्ष ओलीलाई नभेटेको दाबी गरे ।
12/09/2022
चुनाव प्रचारको १५ दिन जाँडरक्सी बिक्री रोक्ने प्रस्ताव
काठमाडौं । सांसदहरुले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन प्रचार प्रसारको १५ दिन अवधिमा जाँडरक्सीको सार्वजनिक बिक्री रोक्न प्रस्ताव गरेका छन् ।
४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि १५ दिन समय दिने गरी निर्वाचन आयोगले कार्यतालिका तय गरेको छ । सांसदहरुले यो १५ दिन अवधिमा जाँडरक्सी बिक्रीमा रोक लगाउनुपर्ने प्रस्ताव गरेका हुन् ।
सोमबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले प्रदेश सभा र प्रतिनिधिसभा सदस्य चुनावको उम्मेदवारमा महिला सहभागिताको विषयमा छलफल गरेको थियो । छलफलका क्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले भने, प्रचारको १५ दिन मदिरा पुर्णत बन्द गरौं रक्सी खाएर कुटाकुटमात्रै हुन्छ ।’
नेकपा एमालेका सांसद विमला विकले पनि चुनाव प्रचारको १५ दिन नै मदिरा र मदिराजन्य पदार्थको बेचबिखनमा रोक्ने प्रस्ताव राखिन् । यसो गरे चुनाव प्रचार प्रसार व्यवस्थित हुनुका साथै खर्च पनि घट्ने उनको भनाइ छ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार निर्वाचन आचारसंहितामा मतदानको तीन दिन अघिदेखि बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म भोजभतेर गर्न पाइदैन । त्यस्तै मदिरा बिक्री गर्न पनि पाइदैन ।
१५ दिन नै जाँडरक्सी बिक्रीमा रोक लगाउने प्रस्ताव पनि उचित भएको थपलियाले बताए । ‘मदिरा निषेधका लागि १५ दिनको प्रस्ताव आएको छ । मलाई त सधैं बन्द गरिदिए हुन्छ । तर, मदिराप्रेमी महानुभाव रिसाउनु हुन्न भने १५ दिन राखौं’ थपलियाले भने ।
16/06/2022
लुम्बिनीकी राज्यमन्त्री बिमला वली डिस्चार्ज २ असार बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज भएकी छन् । मंगलबार राति ....
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Durbar Marg
Kathmandu