Public Health Ladder
E-Learning Platform for Public Health Officer, CEE For MPH,BPH Licence, HA ,AHW,Staff Nurse, ANM Loksewa
12/05/2026
Globalization
12/05/2026
🇳🇵 नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमका प्रमुख बुँदाहरू
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ। यहाँ प्रस्तुत छन्, यस वर्षका स्वास्थ्य सम्बन्धी केही क्रान्तिकारी र गतिशील योजनाहरू, जसले 'स्वस्थ नेपाल' को परिकल्पनालाई साकार पार्न मद्दत गर्नेछन्:
🏥 १. स्वास्थ्य सेवा र पहुँच (Clinical Services & Access)
• 👩⚕️🩺 आधारभूत स्वास्थ्य सेवा: सबै नागरिकका लागि गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी।
• 🏥🏫 स्थानीय पहुँच: प्रत्येक स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता।
• 📡💻 टेलि-हेल्थ: दुर्गम क्षेत्रका नागरिकका लागि घरमै विशेषज्ञ चिकित्सकको परामर्श।
• 🔄🗺️ सीप र प्रणाली: स्वास्थ्य क्षेत्रका लागि आवश्यक सीप र प्रणालीको विकास।
🛡️ २. रोकथाम र सुरक्षा (Prevention & Security)
• 📋 कार्ड स्वास्थ्य बीमा: बीमा प्रणालीलाई अझ प्रभावकारी र पहुँचयोग्य बनाइने।
• 🛡️🔬 रोग नियन्त्रण केन्द्र (CDC): सरुवा रोगको पूर्व-तयारी, नियन्त्रण र अनुसन्धानका लागि अत्याधुनिक केन्द्र।
• 🗺️🤝 सीमापार प्रदूषण नियन्त्रण: सीमा क्षेत्रमा स्वास्थ्य सुरक्षा र प्रदूषण नियन्त्रणमा विशेष ध्यान।
• 🧠💡 मानसिक स्वास्थ्य: मानसिक स्वास्थ्य समस्यालाई सार्वजनिक स्वास्थ्यको अभिन्न अंगको रूपमा लिइने।
🌱 ३. कल्याण र विकास (Wellness & Development)
• 🧘♀️ ध्यान आयुर्वेद र वैकल्पिक चिकित्सा: प्राकृतिक चिकित्सा र परम्परागत सीपको प्रवर्द्धन।
• 👩👧👦 स्वयंसेवक सामुदायिक कार्यकर्ता: समुदायस्तरमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य कार्यकर्ताको परिचालन।
• 👶🔍 अपाङ्गता पहिचान र हस्तक्षेप: अपाङ्गता भएका बालबालिकाको प्रारम्भिक पहिचान र आवश्यक सेवाको सुनिश्चितता।
🌍 ४. वातावरण र पूर्वाधार (Environment & Infrastructure)
• 💧♿ सुरक्षित पानी र अपाङ्गतामैत्री सरसफाइ: सबैका लागि स्वच्छ खानेपानी र पहुँचयोग्य शौचालयको व्यवस्था।
• 🌬️☀️ वायु प्रदूषण न्यूनीकरण र जलवायु अनुकूलन: स्वच्छ हावा र जलवायु परिवर्तनका चुनौतीहरूसँग जुध्न आवश्यक कदम।
🎥 अझ विस्तृतमा बुझ्नको लागि यो भिडियो हेर्नुहोस् 👇
[तपाईंको युट्युब भिडियोको लिङ्क यहाँ राख्नुहोस्]
हामीसँग जोडिनुहोस्:
हामीलाई सामाजिक सञ्जालमा फलो गर्नुहोस् र स्वास्थ्य सम्बन्धी नियमित अपडेटहरू प्राप्त गर्नुहोस्! 🔔
🌐 www.phcnepal.com
🌐 www.exam.phcnepal.com
#स्वस्थनेपाल #स्वास्थ्यनीति #नेपालसरकार #स्वास्थ्यबीमा #टेलिहेल्थ
Health minister in Hospital Cleaning Campaign,
She is actually supposed to start Health System Cleanup Campaign, but went the wrong way .
It is just ridiculous how the administration and advisors mislead the power and Ministers don’t have their brain to make any logic out of it ! Ministry of Health and Population-Nepal Public Health Ladder National Health Education Information and Communication Centre Nisha Mehta
Copied
अस्पतालहरुको संरचना र जनशक्तिको आवश्यकतालाई वृहद छल्फल गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७९।०६।०४ को निर्णयबाट स्वीकृत भएको नमूना संगठनात्मक संरचना र दरबन्दी तेरिज अनुसार ५० शैय्याको जनरल अस्पताल र २०० शैय्याका अस्पतालहरुमा ''सर्भिलेन्स / अनुसन्धान शाखा'' थप गरिएको थियो र सो शाखामा जनस्वास्थ्य सम्वन्धी जनशक्ति पनि राखिएको थियो। ५० शैय्या भन्दा माथीका अस्पतालहरुमा सर्भिलेन्स / अनुसन्धान शाखा आवश्यक छ भन्ने वहस ५०-२०० शैय्या सम्मका अस्तालहरुको Organogram वनाउने वेला देखि नै राम्रोसँग आएको थियो। अब सो भन्दा माथीका संघीय अस्पतालहरुमा झन् सर्भिलेन्स / अनुसन्धान शाखा अति आवश्यक हो। अहिलेको जनशक्ति थप गर्ने प्रस्तावमा केहि छुटपुट भएछ जस्तो छ, प्रस्तावमा छुटेको कुराहरु थप गरेर अस्पतालहरूलाई अझ व्यवस्थित, गुणस्तरीय र सेवामैत्री बनाऔं।
धन्यवाद।
माननीय स्वास्थ्य मन्त्रीज्यू,
यदि अस्पतालको फोहोरले तपाईँलाई यति नै पिरोलेको हो भने, म एक नागरिक र नर्सको हैसियतले तपाईँलाई सहयोग गर्ने भावले वीर अस्पतालमा बिहान एकपटक आफैँ कुचो लगाइदिउँला। तर कृपया, तपाईँ सडकमा कुचो बोकेर फोटो खिचाउने होइन, मन्त्रालयमा बसेर स्वास्थ्य प्रणालीभित्र थुप्रिएको वास्तविक फोहोर सफा गर्ने काम गर्नुहोस्।
हामीलाई देखावटी सरसफाइ होइन, नीतिगत सरसफाइ चाहिएको छ। स्वास्थ्य क्षेत्रमा रहेको अव्यवस्था, जनशक्ति अभाव, असुरक्षित कार्य वातावरण, कमजोर सेवा प्रवाह, राजनीतिक हस्तक्षेप र स्वास्थ्यकर्मीमाथिको निरन्तर अपमानमा कुचो लगाइदिनुहोस्। त्यसका लागि आवश्यक नीति, नियम र कार्यान्वयनको साहस देखाइदिनुहोस्।
यस्तो स्वास्थ्य प्रणाली बनोस् जहाँ बिरामीले सम्मानपूर्वक उपचार पाओस्, स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानित महसुस गरोस्, र नेपाली जनताले राज्यको स्वास्थ्य सेवामाथि भरोसा गर्न सकून्।
तपाईँ नीतिगत रूपमा स्वास्थ्य प्रणालीको फोहोरमा कुचो लगाउनुहोस् त्यो कुचो लगाउनको लागि चाहिने आवश्यक नीति बनाइदिनुहोस्, नियम बनाइदिनुहोस्
तपाईँले मात्र नीतिगत रूपमा कुचो लगाउनुहोस् ।
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रका विषयहरु!
➦ देशभरि आधारभूत स्वास्थ्य सेवामा "न्यूनतम मापदण्ड" लागू गर्दै आवश्यक जनशक्ति, औषधी, उपकरण र पूर्वाधारसहितको एकीकृत सेवा मोडेल कार्यान्वयन गरिनेछ।
➦ स्वास्थ्य सेवालाई लागत-प्रभावी र नागरिकमैत्री बनाउने गरी स्थानीय तहमा आधारभूत अस्पतालसम्मको पहुँच सुनिश्चित गरिनेछ।
➦ सामुदायिक स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेवकको क्षमता, संख्या र सेवा दायरा विस्तार गरिनेछ।
➦ स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गरिनेछ।
➦ टेलिहेल्थ प्लेटफर्ममार्फत दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ परामर्श सेवा उपलब्ध गराइनेछ।
➦ रोग निगरानी र नियन्त्रणका लागि "सेन्टर फर डिजिज कन्ट्रोल" तथा स्वास्थ्य सेवा गुणस्तर बढाउन "राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण" स्थापना गरिनेछ।
➦ जैविक अध्ययन, सार्वजनिक स्वास्थ्य अनुसन्धान र महामारी नियन्त्रण क्षमता सुदृढ गर्न सङ्घीय तहमा "राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला" स्थापना गरिनेछ।
➦ क्यान्सर लगायत नसर्ने रोग नियन्त्रणका लागि उपचारभन्दा रोकथाम, जनचेतना, नियमित परीक्षण र जीवनशैलीमा आधारित रणनीति कार्यान्वयन गरिनेछ।
➦ मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको अभिन्न अङ्गका रूपमा स्थापित गर्दै राष्ट्रिय मानसिक स्वास्थ्य नीति कार्यान्वयन गरिनेछ।
➦ योग, ध्यान र समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको विस्तार र प्रवर्धन गरिनेछ।
➦ अत्याधुनिक अपाङ्गता पुनस्र्थापना केन्द्रहरूको स्थापना गरी प्रोस्थेटिक्स, फिजियोथेरापी लगायतका विशिष्टीकृत सेवाहरू उपलब्ध गराइनेछ। अपाङ्गताको प्रारम्भिक पहिचान, शीघ्र हस्तक्षेप र पुनस्र्थापना सेवालाई आधारभूत स्वास्थ्य प्रणालीसँग आबद्ध गर्दै स्थानीय तहसम्म विस्तार गरिनेछ।
➦ बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि सहायक प्रविधिसहित विशेष कार्यक्रम सञ्चालन गरिनेछ।
➦ स्वास्थ्य जनशक्ति विकास गर्न एकीकृत मानव संसाधन प्रणाली विकास गरिनेछ।
➦ आयुर्वेद, प्राकृतिक तथा वैकल्पिक उपचार पद्धतिलाई वैज्ञानिक आधारमा संस्थागत गरिनेछ।
➦ नेपाल औषधी लिमिटेडको स्तरोन्नति गरिनेछ।
➦ स्वदेशी औषधी उत्पादनलाई प्रवर्धन गरिनेछ।
➦ सार्वजनिक पूर्वाधार, विद्यालय, स्वास्थ्य संस्था र राजमार्ग क्षेत्रमा सुरक्षित पिउने पानी तथा अपाङ्गतामैत्री सरसफाइ पूर्वाधार विस्तार गरिनेछ।
➦ सडक दुर्घटना न्यूनीकरणका लागि जीपीएस ट्र्याकिङ, एआईमा आधारित ट्राफिक क्यामेरा, डिजिटल जरिवाना प्रणाली र गति नियन्त्रण कडाइका साथ लागू गरिनेछ।
➦ दिगो वन व्यवस्थापन मार्फत काठ, जडीबुटी, आयुर्वेदिक औषधी, कार्बन व्यापार, पर्यटन तथा वनमा आधारित उद्योगको विकास गरी अर्थतन्त्रमा वन क्षेत्रको योगदान अभिवृद्धि गरिनेछ।
➦ जडीबुटी प्रशोधन, मूल्य अभिवृद्धि र निर्यातलाई प्राथमिकता दिइनेछ।
➦ वायु प्रदूषण न्यूनीकरण, जलवायु अनुकूलन र दिगो शहरी वातावरण व्यवस्थापनका लागि बहुपक्षीय समन्वयमा कार्यान्वयन प्रणाली सुदृढ गरिनेछ।
➦ सीमापार प्रदूषण नियन्त्रणका लागि द्विपक्षीय तथा क्षेत्रीय सहकार्य सुदृढ गरिनेछ।
स्वास्थ्यकर्मीको पदपुर्ति विषयमाथी भएको भएको अन्याय पर्ती आज स्वास्थ्य मन्त्री विरुद्ध माइतिघर मण्डलामा भएको प्रदर्शन।
Nisha Mehta
PMO Nepal
11/05/2026
दिगो विकास, जैविक विविधता र जलवायु परिवर्तन
11/05/2026
Detail about Menstrual cycle...❣️
Keep Sharing
10/05/2026
Postpartum Hemorrhage (PPH): Causes, Symptoms & Treatment
10/05/2026
सांसद डा. तोसिमा कार्कीले 'राष्ट्रिय स्वास्थ्य सुधार अभियान' मार्फत स्वास्थ्य क्षेत्रका विभिन्न विधाका विज्ञहरू (डाक्टर, नर्स, स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी, सूचना प्रविधि, स्वास्थ्य अर्थशास्त्री, इन्जिनियर र व्यवस्थापक) लाई नीतिगत सुधारका लागि आह्वान गर्नुभएको छ।
के राजनीतिक दलका स्वास्थ्य विभागहरूमा विज्ञहरूको संलग्नताले वास्तविक परिवर्तन सम्भव छ?
डा. तोसिमाले सुरु गरेको यो अभियानमा जोडिएर आफ्नो सुझाव वा विशेषज्ञता राख्न मन छ भने तलको google form वा QR स्क्यान गर्न सकिन्छ।
Google form को link: https://bit.ly/42J1nsD
राष्ट्रिय स्वतन्त्र पार्टी - स्वास्थ्य तथा जनसंख्या विभाग (संगठन विस्तार एवं विज्ञ संकलन फारम) नमस्कार, राष्ट्रिय स्वतन्त्र पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागलाई थप सुदृढ, समावेशी र दक्ष बनाउने उद्देश्य.....
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
44600