EKhasKhabar.com

EKhasKhabar.com

Share

eKhasKhabar ekhaskhabar.com

सहमतिमा संविधान संशोधनको विधेयक पारित गर्ने 16/01/2016

२ माघ, काठमाडौं । प्रमुख दलले आगामी माघ ५ गते बस्ने संसद् बैठकबाट मधेशी मोर्चाको सहमतिमा संविधान संशोधनको विधेयक पारित गर्ने निर्णय गरेका छन् । बालुवाटारमा आज बसेको शीर्ष तीन दलका प्रमुख नेता र कार्यदलको संयुक्त बैठकमा नेताहरूले मधेशी मोर्चाको हस्ताक्षरसहित ५ गते बस्ने संसद् बैठकबाट संविधान संशोधनको विधेयक पारित गर्ने निर्णय गरेका हुन् । बैठकमा सहभागी नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संसद् बैठक बस्नुअघि नै सम्पूर्ण विवादित विषय टुङ्गोमा पु¥याएर विधेयक पारित गर्ने बताउनुभयो । कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मोर्चाका मागहरूलाई संविधानको अनुसूचीमा राख्नसमेत लचकताका साथ सहमति गर्नुपर्ने बताउनुभयो । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमतिका लागि आवश्यक परे शीर्ष तहमा संवाद गर्ने भन्दै आइतवार नै विवाद टुङ्गाउने गरी छलफल गर्न कार्यदललाई निर्देशन दिएको जानकारी दिनुभयो ।

http://ekhaskhabar.com/2016/01/16/%e0%a4%b8%e0%a4%b9%e0%a4%ae%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%b8%e0%a4%82%e0%a4%b6%e0%a5%8b%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a5%8b/

सहमतिमा संविधान संशोधनको विधेयक पारित गर्ने २ माघ, काठमाडौं । प्रमुख दलले आगामी माघ ५ गते बस्ने संसद् बैठकबाट मधेशी मोर्चाको सहमतिमा संविधान संशोधनको विधेयक पारित गर्ने निर्णय गरेका छन् । बालुवाटारमा आज बसेको शीर्ष तीन दलका प्रमुख नेता र कार…

भारतसंग सम्बन्ध सुधार्न कार्यदल 14/01/2016

३० पुस, काठमाडौं । सरकारले संवाद र छलफल गरी भारतसंग सम्बन्ध सुदृढ बनाउन चार सदस्यीय विशिष्ट कार्यदल बनाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकबमा कार्यदल प्रस्ताव गरिएको हो । सूचना तथा सञ्चारमन्त्री शेरधन राईका अनुसार साउनमा सम्पन्न नेपाल र भारतका विदेशमन्त्रीस्तरीय बैठकमा विशिष्ट कार्यदल गठन गर्ने सैद्धान्तिक सहमति भएबमोजिम मन्त्रिपरिषद्मा छलफल भएको हो । कार्यदलका सदस्यमा पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा, संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव कुलचन्द्र गौतम, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, र एमाले सांसद राजन भट्टराई रहनेबारे मन्त्रिपरिषद्मा छलफल भएको थियो । सञ्चारमन्त्री राईले मन्त्रिपरिषद्ले कार्यदल गठनको निर्णय गरेर सदस्य तोकेपछि त्यसको बैठकले नेपाल भारत सम्बन्ध सुधार र विस्तार गर्न समीक्षा गरी आवश्यक निर्णय गर्ने जानकारी दिए । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

http://ekhaskhabar.com/2016/01/14/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%b8%e0%a4%82%e0%a4%97-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7-%e0%a4%b8%e0%a5%81%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a8/

भारतसंग सम्बन्ध सुधार्न कार्यदल ३० पुस, काठमाडौं । सरकारले संवाद र छलफल गरी भारतसंग सम्बन्ध सुदृढ बनाउन  चार सदस्यीय विशिष्ट कार्यदल बनाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकबमा कार्यदल …

इन्धन अभावका कारण आगामी शैक्षिकसत्र प्रभावित हुने 13/01/2016

२९ पुस, काठमाडौं । देशको पछिल्लो लोडसेडिङ र इन्धन अभावका कारण आगामी शैक्षिकसत्र प्रभावित हुने भएको छ । काठमाडौमा आज भएको नेपाल मुद्रण उद्योग महासंघको सम्मलेनमा सहभागी मुद्रण व्यवसायीहरुले लोडसेडिङ र इन्धन अभावको कारण आवश्यक पाठ्यपुस्तक छाप्न समस्या भएका कारण प्रभावित हुने बताएका हुन् । सम्मेलनमा नेपाल मुद्रण उद्योग महासंघका महासचिव माधव केसीले लोडसेडिङ र इन्धन अभावका कारण मुद्रण व्यवसाय धरासायी भएको बताउनुभयो । उहाँले इन्धन अभावकै कारण पुस्तक छपाई हुन नसकेकाले आगामी शैक्षिक शत्र प्रभावित हुने पनि बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रविभक्त क्षेत्रीले तराई–मधेशमा जारी बन्द र भारतले गरेको नाकाबन्दीका कारण उद्योग क्षेत्र धरासायी भएको बताउनुभयो ।

http://ekhaskhabar.com/2016/01/13/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%85%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%86%e0%a4%97%e0%a4%be%e0%a4%ae%e0%a5%80-%e0%a4%b6/

इन्धन अभावका कारण आगामी शैक्षिकसत्र प्रभावित हुने २९ पुस, काठमाडौं । देशको पछिल्लो लोडसेडिङ र इन्धन अभावका कारण आगामी शैक्षिकसत्र प्रभावित हुने भएको छ  । काठमाडौमा आज भएको नेपाल मुद्रण उद्योग महासंघको सम्मलेनमा सहभागी मुद्रण व्यवसायीहरुले लोडसेडिङ…

पोलियो खोप केन्द्र बाहिर भएको आत्मघाती विस्फोटमा १४ जनाको मृत्यु 13/01/2016

२९ पुस । पाकिस्तानीको क्वेटास्थित एक पोलियो खोप केन्द्र बाहिर भएको आत्मघाती विस्फोटमा १४ जनाको मृत्यु भएको छ । विस्फोटमा अन्य २० घाइते भएका छन् । घाइतेमध्ये अधिकांश क्लिनिकको सुरक्षार्थ खटिएका प्रहरीहरू भएको बताईएको छ । पाकिस्तानमा धेरै संख्यामा पोलियो रोगी रहेका छन् । सन् २०१४ मा पनि पोलियोका तीन सय रोगी देखिएका थिए । पोलियो भ्याक्सिन पश्चिमा राष्ट्रले आफ्नो प्रभाव जमाउनका लागि दिने गरेको भन्दै विद्रोहीहरूले यो अभियानको विरुद्धमा आक्रमण गर्दै आएका छन् ।

http://ekhaskhabar.com/2016/01/13/%e0%a4%aa%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a4%96%e0%a5%8b%e0%a4%aa-%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0-%e0%a4%ac%e0%a4%be%e0%a4%b9%e0%a4%bf%e0%a4%b0/

पोलियो खोप केन्द्र बाहिर भएको आत्मघाती विस्फोटमा १४ जनाको मृत्यु २९ पुस ।  पाकिस्तानीको क्वेटास्थित एक पोलियो खोप केन्द्र बाहिर भएको आत्मघाती विस्फोटमा १४ जनाको मृत्यु भएको छ । विस्फोटमा अन्य २० घाइते भएका छन् । घाइतेमध्ये अधिकांश क्लिनिकको सुरक्षार्थ खटिएका प्र…

आज दुई सय ९४ औं पृथ्वी जयन्ती 11/01/2016

२७ पुस, काठमाडौं । आज दुई सय ९४ औं पृथ्वी जयन्ती । विभिन्न संघसंस्थाहरूले विविध कार्यक्रम गरी पृथ्वीनारायण शाहको सम्झना गरेका छन् । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म जयन्तीमा सरकारबाट औपचारिक कार्यक्रम नभएपनि नागरिक तहबाट विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको हो । यसैअवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न संघसंस्थाले सिंहदरबारको पश्चिम गेटअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । समारोहमा उपप्रधानमन्त्री सीपी मैनाली, पूर्वमुख्यसचिव लिलामणि पौडेललगायत सहभागी भएका थिए । सहभागीहरूले पृथ्वी दिवशको अवसरमा सरकारले औपचारिक कार्यक्रम तथा सार्वजनिक विदा नदिएकोमा असन्तुष्टि जनाएका थिए ।

http://ekhaskhabar.com/2016/01/11/%e0%a4%86%e0%a4%9c-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b8%e0%a4%af-%e0%a5%af%e0%a5%aa-%e0%a4%94%e0%a4%82-%e0%a4%aa%e0%a5%83%e0%a4%a5%e0%a5%8d%e0%a4%b5%e0%a5%80-%e0%a4%9c%e0%a4%af%e0%a4%a8%e0%a5%8d/

आज दुई सय ९४ औं पृथ्वी जयन्ती २७ पुस, काठमाडौं । आज दुई सय ९४ औं पृथ्वी जयन्ती । विभिन्न संघसंस्थाहरूले विविध कार्यक्रम गरी पृथ्वीनारायण शाहको सम्झना गरेका छन् । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म जयन्तीमा सरकारबाट औपच…

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Kathmandu