Astro With Narayan
Astrologer, Spiritual Seeker, Meditator, Yoga, Philosophy and more.
26/03/2026
रामनवमी | श्रीराम जयन्ती | हार्दिक मंगलमय शुभकामना
(चैत्रशुक्ल नवमी तिथिमा श्रीराम जयन्ती मनाईन्छ)
💁♂️आत्मारुपि प्रकाश(राम) अनि शरीर(अयोध्या) दुबै हामीभित्रै छन, आफैमा डुल्नुहोस, खोज्नुहोस, पहिचान गर्नुहोस, जीवन राममय बनाउनुहोस, राममन्दिर आफ्नै शरीर हो, सधै स्वच्छ, रमणीय बनाउनुहोस ।
रामनवमी तथा श्रीरामजयन्तीको हार्दिक मंगलमय शुभकामना ।
#रामनवमी #अयोध्या #नवरात्री #रामराम #जयश्रीराम 🙏
02/03/2026
ध्यान- आफू भित्र ईश्वरलाई देख्नु | आत्मा र परमात्माको मिलन
✍️ध्यानको कुनै नियम विधि हुदैन ध्यान केवल घटित हुन्छ, धारणाको अन्तिम बिन्दु नै हामी ध्यान बुझ्दछौ जुन केवल घटित हुन्छ, जसलाई घटित बनाउन हामी ध्यानका विधि भनेर सिक्दछौ बास्तवमा ध्यानको कुनै विधि हुदैन त्यहा सम्म पुग्ने मार्ग अर्थात योगको धारणा नै हामी गर्दछौ ।
#ॐनमःशिवाय #जयमहाकाल #ध्यान #ॐभैरवायनम
28/01/2026
“वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा॥”
ं_गणपतये_नमः #ॐनमःशिवाय #जयमातादी
13/12/2025
💁♂️शुक्र अस्त हुदै: शुभ कार्यहरु यस समयमा बर्जित रहनेछन्)
(शुक्र अस्त: २०८२ मंसिर २७ गतेदेखी माघ १५ गतेसम्म)
✍️ज्योतिषशास्त्रमा शुक्र अनि गुरु ग्रहलाई ताराको रुपमा लिईन्छ । हरेक शुभ अनि मांगलिक कार्य गर्नुअघी गुरु-शुक्र ताराको उदित स्वरुपमा बिचार गरि अघि बढ्ने अत्यावश्यक मानिन्छ । गुरु-शुक्र अस्तमा सबै मांगलिक कार्यहरु सुरुवात गरिदैन । शुक्र गुरु अस्तको ३ दिन अघि र पछि दुबै समयलाई सुतकको रुपमा लिईने हुदा यस समय पनि शुभ कार्य सुरुवात गरिदैन ।
✍️शुक्र-गुरु जब सूर्य ग्रहमा आपशमा १० डिग्री भित्र समिपमा (नजिक) रहन्छ त्यो अवस्थामा शुक्र या गुरु अस्त मानिन्छ । यस्तो अवस्थामा शुक्र सुर्य ग्रहको नजिक प्रभावले बलहिन हुन पुगि कमजोर रहन्छ भन्ने ज्योतिषी मान्यता रहि आएको छ ।
💁♂️ज्योतिषशास्त्रमा शुक्रलाई भौतिक सुख, ऐश्वर्य, वैभव, प्रेम सम्बन्ध, सुन्दरता, सुन्दर शरीर, सुन्दर लत्ताकपडा, पत्नी, सेतो रङ, कफ प्रकृति, ब्राह्मण, सौम्य, विर्य, काम- बासना-शक्ति, वैवाहिक सुख, काव्य-साहित्य, स्त्री आदिको कारक मानिन्छ। तसर्थ शुक्र अस्तमा यी कुरामा समेत ध्यान पुर्याउनुपर्दछ ।
समग्रमा💁♂️
✍️विवाह, गृह प्रवेश, भवन निमार्ण, कुवा, तलाउ, बगैंचा निर्माण, व्रतको प्रारम्भ, उद्यापन, प्रथम उपाकर्म, नयाँ बेहुलीको गृह प्रवेश, देवस्थापन, दीक्षा, उपनयन लगायत कार्यहरु गुरु अनि शुक्र अस्तमा ज्योतिष शास्त्रअनुसार वर्जित गरिएको छ ।
Sri Sri Narayan 🕉️ Astro With Narayan
(For contact inbx or whatsap 980-3747427)
#ॐनमःशिवाय #हरेकृष्ण ं_गणपतये_नमः #रामराम
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
Kathmandu