FNCCI Commodity Council
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from FNCCI Commodity Council, Sahid Shukra Marg, Teku, Kathmandu.
16/02/2026
महासंघको पहलमा कैलालीमा शिशु स्याहार, प्राथमिक उपचार केन्द्र तथा स्तनपान कक्ष स्थापना
https://fncci.org/news/detail.php?i=4333
अन्तर्राष्ट्रिय श्रम सङ्गठन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा संचालित सशक्त महिला संवृद्ध नेपाल कार्यक्रमले गोदावरी ६ कैलालीमा रहेको ग्रिन होम प्रा.लि.को परिसरमा शिशु स्याहार, प्राथमिक उपचार केन्द्र तथा स्तनपान कक्ष स्थापना गरेको छ ।
करिब १० लाखको लगानीमा तयारी गरिएको उक्त संरचनामा बालबच्चा भएका महिला कर्मचारीहरू आफ्नो बच्चाको समय–समयमा हेरचाह गर्न पाउने छन् । संरचना भित्र बालबच्चाका लागि पोषणयुक्त खानेकुराको लागि आवश्यक साधन, खेलकुद सामग्रीसहितको व्यवस्था गरिएको छ । यस कक्षमा उनीहरुको लागि उद्योगले सहजकर्ता समेत राख्ने छ ।
सन्तानको हेरचाहको लागि समय दिन नसक्ने कारण देखाउँदै अधिकांश उद्योग–कलकारखानामा काम गर्ने महिला कर्मचारीहरूले काम छोडिरहेको अवस्थामा कैलाली उद्योग वाणिज्य संघका महासचिव दिनेश लम्सालको सो उद्योग परिसरमा शिशु स्याहार, प्राथमिक उपचार केन्द्र तथा स्तनपान कक्ष स्थापना गरिएको हो । कक्षका लागि आवश्यक आन्तरिक आवश्यक सामाग्री महासंघले उपलब्ध गराएको छ ।
स्याहार केन्द्रको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष भरतराज आचार्यले यस्ता पहलहरूले अवैतानिक हेरचाह कार्यको बोझ कम गर्दै दिगो विकास र जनशक्ति स्थायित्व जस्ता व्यापक लक्ष्यहरूसँग समन्वय गर्ने बताउनु भयो । “केयर–अर्थतन्त्रको हिस्साका रूपमा निजी क्षेत्रको साझा प्रतिबद्धता अन्तर्गत, उद्योगका कर्मचारी, विशेषगरी महिलाहरूका लागि कार्यस्थलमै बाल हेरचाह केन्द्र स्थापना भएको छ । यसले कामकाजी अभिभावकहरूलाई सहयोग गर्ने साथै लैङ्गिक समानता प्रवद्र्धन गर्नेछ । यो अभ्यासलाई अन्य उधोगहरुले पनि अनुशरण गर्नु पर्दछ ।” उहाँले भन्नु भयो ।
आफ्नो कम्पनीमा बालबच्चाको समस्याको कारण देखाउँदै अनुभवी महिला कर्मचारीहरूले काम छोड्ने समस्या बढ्न थालेपछि उनीहरूको सन्तानलाई पनि राम्रो वातावरण दिने गरी उद्योग परिसरमा शिशु स्याहार केन्द्र स्थापना गरिएको उद्योगका सञ्चालक लम्सालले जानकारी दिनुभयो । लम्सालका अनुसार उद्योगमा अहिले ९२ महिला र ३२ पुरुष कर्मचारी छन् ।
उद्योगमै आफ्ना बालबच्चाहरूको हेरचाह गर्न पाउने भएपछि महिला श्रमिकहरु उत्साहित भएको र शिशु स्याहार केन्द्रमा बालबालिकाहरूको खेल्दै सिक्ने प्रक्रिया अघि बढ्ने उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि पौडेलले जानकारी दिनु भयो । पौडेलका अनुसार शिशु स्याहार केन्द्र तथा स्तनपान र ड्रेसिङ रुम स्थापनाको लागि उद्योगले भौतिक संरचना उपलब्ध गरेको हो ।
10/02/2026
कतारी लगानी आकर्षणका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नरसँग छलफल
https://fncci.org/news/detail.php?i=4326
नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल भ्रमणमा आएको कतारी प्रतिनिधिमण्डलले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गरेको छ ।
कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदेलीको नेतृत्वको प्रतिनिधिमण्डल र गभर्नर पौडेलसँगको भेटवार्तामा नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ प्रणाली तथा लगानी सम्भावनाका विषयमा छलफल भएको थियो।
उक्त अवसरमा नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अली अल अन्सारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको सहभागिता रहेको थियो।
सो अवसरमा कतारी प्रतिनिधि मण्डलले नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण भएमा कतारी लगानीकर्ताहरू दीर्घकालीन लगानीका लागि तयार रहेको बताए।
छलफलका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलले नेपालमा वैदेशिक लगानीका लागि उपलब्ध नीतिगत व्यवस्थाबारे जानकारी गराउंदै नेपालले वैदेशिक लगानीलाई प्राथमिकतामा राख्दै नीतिगत सुधारलाई निरन्तर अघि बढाइरहेको जानकारी दिनु भयो ।
कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदेलिले कतारी निजि क्षेत्रको नेपालमा लगानी प्रती चासो रहेको उल्लेख गर्दै बैंकिङ, पर्यटन सूचना प्रविधि, जनशक्ति विकासका विविध क्षेत्रमा सहकार्यको सम्भावना रहेको बताउनु भयो ।
उहाँले लगानीको लागि स्पष्ट रोड्म्याप भए नेपालमा कतारी लगानी भित्र्याउन सकिने धारणा राख्नु भयो ।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा वैदेशिक लगानी सहजीकरणका लागि महासंघ सक्रिय भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै कतारी लगानी नेपाल भित्र्याउन सकिने ठोस सम्भावना रहेको धारणा राख्नु भयो । उहाँले निजी क्षेत्र–निजी क्षेत्र सहकार्य, सरकार–निजी क्षेत्र संवाद र संस्थागत संयन्त्रमार्फत लगानी प्रक्रिया सहज बनाउन महासंघ प्रतिबद्ध रहेको बताउनु भयो ।
09/02/2026
महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधी मण्डल भेटघाटमा व्यस्त - नेपाल–कतारबीच आर्थिक विकास, पर्यटन र लगानी सहकार्यबारे छलफल
https://fncci.org/news/detail.php?i=4325
नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजको प्रतिनिधी मण्डलसंग नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवद्र्धन तथा आपसी सहयोग विस्तारका विषयमा छलफल भएको छ ।
सोमबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा तथा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईसंग नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बीन मोहम्मद अलि अल अन्सारी,नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए.अलोबैदली तथा कतार एयरवेजका प्रतिनिधिविच छुट्टाछुट्टै भेटवार्ता भएको हो ।
पर्यटन मनत्रालयमा भएको भेटवार्तामा नेपाल–कतार आर्थिक विकास, पर्यटन प्रवद्र्धन, हवाई उडान विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो । विशेषगरी नेपाल र कतारबीच सिधा हवाई उडानको संख्या बढाउने, नयाँ गन्तव्य थप गर्ने तथा नेपाल वायुसेवा निगम र कतार एयरवेजबीच सहकार्यका सम्भावनाबारे छलफल केन्द्रित रहेको थियो ।
सो अवसरमा मन्त्री सिन्हाले नेपालमा पर्यटन, लगानी र व्यापार विस्तारका लागि सरकारले नीतिगत सुधार र सहजीकरणमा जोड दिइरहेको जानकारी दिनु भयो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै कतार एयरवेजको भूमिकालाई महत्वपूर्ण हुने बताउनु भयो । “अन्य क्षेत्रका अतिरिक्त नेपालको पर्यटनका क्षेत्रमा कतासंग धेरै सहकार्य गर्न सकिन्छ । नेपाल सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि नीतिगत सुधारहरू गर्दै आएको छ । कतारी लगानीकर्तालाई नेपालमा लगानीको वातावरण निर्मार्ण गर्न तथा कनेक्टिभिटी बढाउन आवश्यक सहजिकरण गर्न नेपाल सरकार तयार छ ।” उहाँले भन्नु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल–कतारबीच पर्यटन, लगानी, उड्डयन, होटल तथा पूर्वाधार क्षेत्रमा विस्तारको बृहत सम्भावना भएको बताउनु भयो । उहाँले कतारी लगानीकर्ताका लागि नेपालमा जलविद्युत्, पर्यटन, तथा सेवा क्षेत्रमा आकर्षक सम्भावना रहेको बताउनु भयो ।
कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदलीले नेपालसँग दीर्घकालीन आर्थिक सहकार्यमा कतार निजी क्षेत्रको चासो रहेको उल्लेख गर्दै उड्डयन र पर्यटन सहकार्यले दुई देशबीचको व्यापार तथा जनस्तरको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै परराष्ट मन्त्रालयमा भएको छलफलमा पनि लगानीका लागि नीतिगत सहजिकरण, द्विपक्षीय लगानी प्रवद्र्धन, नेपालमा कतारी लगानीका सम्भावना, पर्यटन विकास तथा भावी आर्थिक सहकार्यका विषयमा छलफल भएको थियो ।
सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव प्रेम बहादुर राईले नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य बन्दै गएको उल्लेख गर्दै ऊर्जा, पर्यटन, पूर्वाधार, र सूचना प्रविधि क्षेत्रमा लगानीका पर्याप्त सम्भावना रहेको बताउनु भयो । उहाँले सन् २०२४ अप्रिलमा कतारका महामहिम अमिर शेख तमीम बिन हमद अल थानीको नेपाल भ्रमण एतिहासिक भएको स्मरण गर्दै त्यस भ्रमण पछि नेपाल र कतारबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बन्दै भएको धारणा राख्नु भयो ।
नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अली अल अन्सारीले नेपाल–कतारबीचको सम्बन्ध मित्रतापूर्ण र सहकार्यमा आधारित रहेको उल्लेख गर्दै आर्थिक तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्न कतार इच्छुक रहेको बताउनु भयो । उहाँले कतारी लगानीको सहजिकरणका लागि दूतावास तयार रहेको समेत बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रमार्फत आर्थिक कूटनीति सुदृढ गर्नुपर्नेमा जोड दिँदै कतारी लगानीकर्ताका लागि नेपालमा उद्योग, पर्यटन, होटल, जलविद्युत् र सेवा क्षेत्रमा राम्रो अवसर रहेको बताउनु भयो । “सरकार र निजी क्षेत्रबीच बृहत सहकार्य भएमा वैदेशिक लगानी अझ प्रभावकारी रूपमा भित्र्याउन सकिन्छ,” अध्यक्ष ढकालले भन्नुभयो ।
कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदलीले नेपालमा लगानी वातावरण, कानुनी संरचना र निजी क्षेत्रको भूमिकाबारे जानकारी लिएको बताउँदै कतारी लगानीकर्ताहरु सम्भावित परियोजनाहरू पहिचान गरी सहकार्य अगाडि बढाउने इच्छुक रहेको धारणा राख्नु भयो । “कतारी व्यवसायीहरू नेपालमा दीर्घकालीन लगानी गर्न इच्छुक छन् । आपसी विश्वास र नीतिगत स्पष्टता कायम राख्दै जीटु जी तथा बिटुबी सहकार्यलाई अगाडी बढाउन सकिन्छ । उहाँले भन्नु भयो ।
प्रतिनिधीमण्डलले सोमबार नै नेपाल नागरिक उडडयन प्रधिकरणका महानिर्देशकसंग पनि भेट गरेको छ भने मंगलवार अर्थमन्त्री रामेश्वर प्रसाद खनाल,नेपाल राष्ट्र बैंकका गभर्नर डा. बिश्वनाथ पौडेलसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (QCCI) को एक प्रतिनिधिमण्डल नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच गठन गरिएको संयुक्त व्यवसाय परिषद (Joint Business Council,JBC) (जेबीसी) सम्बन्धी छलफलका लागि आइतवार काठमाडौँ आइपुगेको हो । प्रतिनिधिमण्डललेसंयुक्त व्यवसाय परिषद् नेपाल र कतारका निजी क्षेत्रबीच संवाद, व्यवसायिक सहकार्य तथा प्रत्यक्ष संलग्नता प्रवद्र्धन गर्ने संरचित मञ्चका रूपमा स्थापना गरिएको संस्था हो । जेबीकीको बैठक माघ २६ र २७ गते (फेब्रुअरी ९ र १० तारिख) काठमाडौँमा परिषद्को बैठक बस्नेछ ।
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Sahid Shukra Marg, Teku
Kathmandu
44600
Opening Hours
| Monday | 11:00 - 18:00 |
| Tuesday | 11:00 - 18:00 |
| Wednesday | 11:00 - 18:00 |
| Thursday | 11:00 - 17:30 |
| Friday | 11:00 - 15:00 |
| Sunday | 11:00 - 17:30 |