WildNepal

WildNepal

Share

WildNepal | Promoting the beauty of Nepal’s nature and wildlife.

08/07/2026

The Burmese Python is a magnificent, non-venomous snake and one of the largest snake species found in Nepal

Photos from WildNepal's post 06/07/2026

झापाको मेचीनगर-४, बाहुनडाँगीमा हात्ती प्रभावित क्षेत्रको हात्तीको गतिविधि नियाल्दै गृहमन्त्री सुधन गुरुङ

06/07/2026

बाँकेमा दुई चक्ला वन थपिए, करिब २० हजार हेक्टरमा दिगो वन व्यवस्थापन

दिगो वन संरक्षण र व्यवस्थापनका लागि बाँके जिल्लामा चालु आर्थिक वर्ष ०८२/०८३ मा दुई चक्ला वन थप गरिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ।

राप्तीसोनारी गाउँपालिकाको माथेवास–शम्शेरगञ्ज क्षेत्रमा यसअघि एकमात्र चक्ला वन रहेकोमा चालु आर्थिक वर्षमा राप्तीसोनारी–३ र ४ मा भुवर भवानी तथा वडा नं. १ मा खर्चेताल चक्ला वन निर्माण गरिएसँगै बाँकेमा चक्ला वनको संख्या तीन पुगेको छ / माथेवास–शम्शेरगञ्ज चक्ला वन क्षेत्रफलका हिसाबले नेपालकै सबैभन्दा ठुलो चक्ला वन हो।

जिल्लामा चक्ला वनको संख्या तीन पुगेसँगै तीन चक्ला वन र ५८ सामुदायिक वन गरी करिब २० हजार हेक्टर क्षेत्रफलमा चक्ला वन तथा सामुदायिक वन सवर्धन प्रणालीअन्तर्गत दिगो वन व्यवस्थापन लागू गरिएको छ

उहाँका अनुसार तीनवटै चक्ला वन र ५८ सामुदायिक वन गरी १९ हजार ६५३ हेक्टर क्षेत्रमा दिगो वन व्यवस्थापन लागू गरिएको छ। यसले वन संरक्षण, राजस्व संकलन तथा स्थानीय रोजगारी सिर्जनामा सहयोग पुगेको उहाँको भनाइ छ।
दिगो वन व्यवस्थापन लागू भएपछि वनको हैसियत सुधार हुनुका साथै सुरक्षा, हेरचाह, समुदायको रोजगारी र आम्दानीमा वृद्धि भएको तथा विकास निर्माणका गतिविधि पनि बढेको डिभिजन वन कार्यालयले जनाएको छ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu