Himalpost.com
himalpost.com is a digital media that aims at fair news to cover many sector along with experts' views.
10/07/2026
सुनको जुत्त्ताको रोमाञ्चक भिडन्त:- मेसीलाई उछिन्दै एम्बाप्पे शीर्ष स्थानमा
फ्रान्सले मोरक्कोलाई २-० ले हराउँदै विश्वकप २०२६ को सेमिफाइनल यात्रा तय गर्दा फ्रान्सेली कप्तान किलियन एम्बाप्पे 'गोल्डेन बुट' को दौडमा सबैभन्दा अगाडि निस्किएका छन्।
मोरक्कोविरुद्ध १ गोल गर्नुका साथै उसमान डेम्बेलेको गोलमा उत्कृष्ट असिस्ट गरेपछि एम्बाप्पेको जारी विश्वकपमा ८ गोल र ३ असिस्ट पुगेको छ। समान ८ गोल नै गरेका अर्जेन्टिनी कप्तान लियोनल मेसीको भने १ मात्र असिस्ट रहेकाले एम्बाप्पे असिस्टको आधारमा उनलाई उछिन्दै सर्वाधिक गोलकर्ताको दौडमा शीर्ष स्थानमा पुगेका हुन्।
गोल्डेन बुटको रोमाञ्चक दौड र रोचक तथ्यांक:
किलियन एम्बाप्पे (फ्रान्स): ८ गोल, ३ असिस्ट (६ खेल)। समग्र विश्वकप गोल: २०
लियोनल मेसी (अर्जेन्टिना): ८ गोल, १ असिस्ट (५ खेल)। समग्र विश्वकप गोल: २१
इर्लिङ हालान्ड (नर्वे): ७ गोल, २ असिस्ट (५ खेल)।
ह्यारी केन (इंग्ल्यान्ड): ६ गोल।
जारी विश्वकपमा एम्बाप्पेले नर्वेविरुद्ध बाहेक इराक, सेनेगल, स्विडेन र पाराग्वेविरुद्ध गोल गरेका छन्। उता, मेसी र हालान्ड दुवैले आफूले खेलेका सबै ५ खेलमा लगातार गोल गर्दै सानदार लयमा रहेको प्रमाणित गरेका छन्।
मेसी र हालान्डले राउन्ड अफ ८ को खेल खेल्न बाँकी नै रहेकाले सुनको जुत्ता (गोल्डेन बुट) कसको पोल्टामा पर्ला भन्ने कौतुहलता अझै चरम सीमामा पुगेको छ!
09/07/2026
अर्को "ब्रेक थ्रु"
बालेन सरकारको अर्को ‘ब्रेक थ्रु’: वरीयता होइन, क्षमतालाई प्राथमिकता, १८औँ नम्बरबाट सिधै मुख्यसचिवको कुर्सीमा!
निजामती सेवामा वर्षौँदेखि चल्दै आएको ‘वरिष्ठता’को परम्परालाई उल्ट्याउँदै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले योग्यता र क्षमतालाई मुख्य आधार बनाएको छ। मन्त्रिपरिषद्को पछिल्लो निर्णयले कर्मचारीतन्त्रमा एउटा नयाँ र तरङ्ग पैदा गरिदिएको छ।
१८औँ नम्बरबाट सिधै मुख्यसचिवको कुर्सीमा!
वर्तमान मुख्यसचिव सुमनराज अर्यालको पदावधि शुक्रबार सकिँदै गर्दा सरकारले बोल्ड निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचिव गोविन्दबहादुर कार्की नयाँ मुख्यसचिवमा बढुवा भएका छन्।
रोचक कुरा के छ भने, कार्की नेपाल सरकारका निजामती सचिवहरूको वरीयता क्रममा १८औँ नम्बरमा थिए। आफूभन्दा अघिका १७ जना वरिष्ठ सचिवहरूलाई पछि पार्दै उनी प्रशासनिक नेतृत्वको सर्वोच्च पदमा पुग्न सफल भएका हुन्। विशिष्ट श्रेणीका अधिकारीहरूको समग्र सूचीमा भने उनको वरीयता ३६औँ स्थानमा थियो।
परम्परा भत्कियो, मेरिटोक्रेसी ब्युँतियो: यसअघि बालेन नेतृत्वकै संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिमा पनि चौथो नम्बरका न्यायाधीशलाई अवसर दिएर यो शैलीको सुरुवात गरेको थियो। अहिले त्यही ‘चेस मुभ’ निजामती सेवामा पनि देखियो।
मुख्यसचिव कार्कीको 'करियर ग्राफ'
भोजपुर सदरमुकाममा २०२७ साल पुस २५ गते जन्मिएका कार्कीको सरकारी सेवामा लामो र परिपक्व अनुभव छ। उनको प्रशासनिक यात्रा यस्तो छ:
२०४६ साल: सरकारी सेवामा प्रवेश
२०५३ पुस ७: शाखा अधिकृतमा नियुक्ति
२०६२ कात्तिक १५: उपसचिवमा बढुवा
२०७० चैत २१: सहसचिवमा बढुवा
२०८१ भदौ २०: सचिवमा बढुवा
२०८३ असार (बुधबार): मुख्यसचिवमा नियुक्त
यसअघि उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाग्मती प्रदेश र कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा सचिवको रूपमा कुशलतापूर्वक जिम्मेवारी निभािसकेका छन्। अब उनी २०८५ पुस २५ गतेसम्म मुख्यसचिवको रूपमा रहनेछन्।
कर्मचारीतन्त्रमा हलचल र नयाँ मानक
‘मेरिटोक्रेसी’ (योग्यताप्रणाली) लागू गर्ने घोषणासहित आएको रास्वपा र बालेन सरकारको यो कदमले वरिष्ठताकै भरमा पद ओगट्ने परम्परागत परिपाटीलाई चुनौती दिएको छ। किरणराज शर्मा, हरिप्रसाद मैनालीसहित १७ जना पाका र वरिष्ठ सचिवहरूलाई उछिनेर भएको कार्कीको यो नियुक्तिले कर्मचारीतन्त्रमा 'काम गरेर देखाउने'हरूका लागि नयाँ आशा र ऊर्जा थपेको छ भने, परम्परावादी सोचमा ठुलै उथलपुथल ल्याएको छ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Katmandu