Open Political Forum
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Open Political Forum, Political organisation, Lalitpur.
23/06/2024
Our hands are so full of 'ministry' and our hearts are so full of our images of ourselves- there seems to be little space for those daily being martyred, abused, mocked and shunned for their faith...
पिता हुन्छ भने माता पनि हुन्छ भन्नेजस्तो तर्कका पक्षपोषकहरू, फ्रेस (ए के रे, उस त एस, तर ग्रेस नपाउन सकिनेहुनाे) सहकारीमा दश वर्ष जेल काटेर छुटेकाहरू, क्यास हत्याउने दाउमा त्यसको एक चाैथाइ कारागार बास बसेकाहरू, केश पलाउने हो कि आत्मा जगाउने तेलका व्यापरी, अनैतिक केसमा कालकोठरी बसीसकेर श्वेत बनेका ठगिन्दरहरू-- अनि यस्ताहरूलाई भिण्डिकेट गर्ने प्रमोटरहरू यी दिनमा सञ्जालमा छाउँदैरहेछन् उही, आन्द्रा र बैठकका कुरा गर्दै । भन्नलाई अरूको न्याय त नगर्ने, तर माैका पाए जिउँदै कब्रिस्तनमा पुर्ने, हे हे ।
उता सेवकहरू लात मुक्का खाइरहेका छन्, आस्थाअनुरूप आराधना नगर्ने दबाव पाइरहेका छन् ।
समुदायले हेरिरहेको छ, निर्लज्ज, छली कुतर्क गरेर कसैले एकैक्षणको न्यानो मात्रै हो ।
छ ।
#समाज #राजनीति #टिप्पणी #नागरिक_सरोकार #सरोकार #परिषद्
17/05/2024
A note on dialogues for collaboration:
हरेकलाई विशेष वरदान, सिप, क्षमता, दक्षता, सामर्थ्य दिइएको हुन्छ ।
एकै व्यक्ति, शक्ति, संघसंस्था, समुदाय, राष्ट्र सर्वगुण सम्पन्न हुँदैन, नत्रता त्यो सिद्ध बनिहाल्छ, र ईश्वरत्वको अहंकार पाल्नेछ ।
यसर्थ एकापसका सबलता अंगिकार गर्दै, कमिकमजोरी स्वीकार गर्दै, मेलमिलापको नीति लिएर, सहआस्था, समान मूल्यमान्यता, र लोकातन्त्रिक कित्ताकाटमा रहेका दल बल शक्ति व्यक्ति समुदाय अभियान मञ्च प्रयत्न आन्दोलन माझमा सहकार्यको मार्ग प्रशस्त गर्न वार्ता सम्वाद उचित छ ।
It takes all to form an impactful movement, campaign or a political force.
Dialogue among those with shared values (pro-life, pro-family peace), faith and republicanism, is most desirable.
15/04/2024
मितिः २०८१/०१/०३
ऐक्यवद्धताका लागि आह्वान
विषयः गृह मन्त्रालयद्वारा प्रेषित धार्मिक समुदायमाथि निगरानी र कारबाही आदेश सम्बन्धमा
उपर्युक्त सम्बन्धमा, मिति २०८०/१२/२५ गते गृह मन्त्रालयबाट “आवश्यक कारबाही सम्बन्धमा” विषय राखी पत्र संख्या २०८०/०८१/०७ मार्फत देशका सबै जिल्ला प्रशासन कार्यालयहरूलाई जारी गरिएको “धर्म प्रचार-प्रसार तथा धर्म परिवर्तनको नाममा विभिन्न व्यक्ति तथ संस्थाहरूले धार्मिक सम्मेलन तथा प्रशिक्षण कार्यक्रमहरू आयोजना गर्ने गरेको र ...त्यस्ता कानून विपरीतका गतिविधिहरूको सुक्ष्म निगरानी गरी आवश्यक कारबाही गर्नुहुन आदेशानुसार अनुरोध छ” भन्ने व्यहोराको परिपत्रप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
सम्भाव्य रूपमा अवाञ्छित क्रियालकप निगरानी र नियमन गर्न खोजिएको जस्तो देखिए तापनि, वास्तवमा यो परिपत्र अल्पसंख्य धार्मिक समुदायमाथि निगरानी र नियन्त्रण, दमन र उत्पीडनका लागि औजारका रूपमा दुरूपयोग गरिने बदनियतसाथ आएको कुरा सहजै बुझ्न सकिन्छ ।
यसर्थ धर्म निरपेक्षता तथा आस्था विचार अभिव्यक्तिको स्वतन्त्रताको मर्म विपरीतको यस्तो आदेश बिनाशर्त तुरून्त फिर्ता लिन अनि सबै धार्मिक समुदायलाई स्वतन्त्र रूपमा आफ्ना शिक्षा दीक्षा, प्रशिक्षण, संगति, आरधाना लगायतका कार्यक्रम र क्रियाकलाप सञ्चालन गर्न पाउने वातावरण कायम राख्न गृह मन्त्रालय तथा नेपाल सरकार समक्ष हामी जोडदार माग गर्दछौं ।
साथै यही मिति २०८१/०१/०५ गते ठिक १:०० बजे माइतीघर मण्डलामा उपत्यकाका सम्पूर्ण मण्डली समुदाय लगायत संघसंस्था, सञ्जाल तथा धार्मिक स्वतन्त्रता पक्षधरहरूको संयुक्त सरोकार र धारणा अभिव्यक्तिका लागि शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रम आयोजना गरिँदैछ ।
यसर्थ उक्त कार्यक्रममा यहाँको सक्रिय उपस्थिति र सहभागिताका लागि यसै पत्रमार्फत अनुरोध गर्दछौं ।
धन्यवाद ।
-विदुर अधिकारी, धार्मिक स्वतन्त्रता अभियन्ता तथा
संयोजक, संयुक्त सरोकार अभियान
-Bidur Adhikari, United Concern Campaign
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Lalitpur