Tasvir Talks
Tasvit Talks is a platform to showcase moments captured by anyone related to heritage and culture.
आज बेलुका 4:00 बजे देखि वर्षा र सहकालको देवता श्री राताे मच्छिन्द्रनाथ ( बुंगद्य रथ ) तान्ने जात्रा भएकोले गर्दा पुल्चोक-गाबहालको बाटो जात्रामय हुने भएकोले सवारी साधनको लागि बिकल्पको बाटो प्रयोग गर्नु हुन सम्पूर्ण महानुभाबहरुलाई हार्दिक अपील!
आज दिउँसो २ बजेपछि ललितपुर दमकलमोड क्षेत्रमा रातो मच्छिन्द्रनाथको रथयात्रा तयारी हुने भएकाले दमकलमोड, पुल्चोक र गावहाल क्षेत्रमा भिडभाड हुने छ भने उपत्यका ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
Alternative routes:
1). थापाथली - जावलाखेल: थापाथली चोक, कुपण्डोल, इनारमोड, हरिहरभवन, सुजुकी मोड, ओपेरा होटल, सेन्ट मेरिज स्कुल चोक, सुमेरु अस्पताल, अल्का अस्पताल हुँदै जावलाखेल चोक!
2). जावलाखेल - थापाथली: जावलाखेल चोक, खरीबोट, अल्का अस्पताल, भनिमण्डल चोक, सरस्वती मन्दिर, झम्सिखेल चोक, अरुण थापा चोक, ब्रिटिश स्कूल, सुमित होटल, कानदेवतास्थान, कुपण्डोल हुँदै थापाथली चोक!
नख्खु दाेभान ललितपुरमा रहेकाे जय तिर्थमा हरेक वर्ष चैते दशैंकाे दिन श्री आदिनाथ लाेकेश्वर ( आनन्दादि लोकेश्वर ) काे "चोभाःक्व्य म्वल्हुउ" तथा "द्याे लायगु" जात्रा लाग्ने गर्दछ । आदिनाथ ,आनन्दादि लोकेश्वर र चोभाद्य भनेर स्थान अनुसार बिभिन्न नामले पुकारिने स्वस्थ जिवनकाे कामना गरि पुजा गर्ने श्री आदिनाथ भगवानकाे "चोभाक्य म्वल्हुउ" अर्थात चोभार डाँडा मूनि रहेको तीर्थमा नुहाउने भनी बागमती र नख्खु दाेभान स्थित जय तिर्थमा हरेक वर्ष चैते दशैंका दिन माथि मन्दिरमा न्हवँ गरेकाे जललाई कलश मार्फत खाेलाकाे पानीमा स्पर्श गराइ "द्याे लायगु" कार्य सम्पन्न गरीन्छ भने पुनः साँझपख माथि चाेभारमा जात्रा लाग्ने गर्दछ । बागमति नदि सफा हुँदा उक्त स्थानमा जात्राकाे दिन भक्तजनहरुको ठूलो मेला लाग्दथ्यो । हाल नदी फोहोर भएकाले भक्तजनहरुको केही कमी भएको पाइन्छ । चोभार मुनीको तीर्थमा नुहाएर आदिनाथको दर्शन गरेमा रोग ब्यादि निर्मूल हुने जनबिश्वास रहेको पाइन्छ ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Jawalakhel
Lalitpur
44601