Mangalbare page

Mangalbare page

Share

Provides news and the current affiars of Urlabari and its surrounding places. We believe in work not the fate !

Photos from Mangalbare page's post 13/03/2024

पाचौँ मेयर कप फुटबल प्रतियोगिता : वडा नम्बर ६ फाईनलमा

३० फागुन/ उर्लाबारी
उर्लाबारीमा जारी पाँचौ मेयर कप फुटबल प्रतियोगिता २०८० को पहिलो सेमीफाईनल खेलमा वडा नम्बर ६ विजयी भएको छ । वडा नम्बर ५ र वडा नम्बर ६ बीच बुधबार भएको खेलमा ट्राईबेकरमा २-३ को अन्तरले वडा नम्बर ६ विजयी भएको हो ।

खेलको निर्धारित समयमा दुवै टीमले निर्णायक गोल गर्न नसकेपछि खेल ट्राईबेकरमा गएको थियो ।

सो खेलमा विजेता टिमका कमल घिमिरे म्यान अफ दी म्याच घोषित भए । उनी नगदसहित मेडलले पुरस्कृत भए ।

उर्लाबारी फुटबल क्लबको आयोजनामा सुरु भएको उक्त प्रतियोगीता आगामी चैत ३ गतेसम्म संचालन हुनेछ । सो प्रतियोगितामा उर्लाबारीका ९ वटै वडाको सहभागिता रहेको छ ।

उर्लाबारी–६ स्थित राधिका माविको खेलमैदानमा संचालन भएको उक्त प्रतियोगिताको विजेताले नगद १ लाख , उपविजेताले ५० हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका सचिव घनश्याम भण्डारीले जानकारी दिए ।

पाचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगीतामा उर्लाबारी नगरपालिका मुख्य प्रायोजक रहेको छ ।

यसैबिच प्रयोगिताको दोस्रो सेमीफाईनल खेलमा वडा नम्बर ३ र वडा नम्बर ९ बीच बिहिबार दिउसो ३ बजेदेखी संचालन हुने आयोजकले बताएको छ ।

Photos from Mangalbare page's post 11/03/2024

उर्लाबारीमा फागुन २९ गतेदेखि दादुरा रुबेला खोप अभियान

२८ फागुन/उर्लाबारी
उर्लाबारीमा फागुन २९ गतेदेखि दादुरा रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । उर्लाबारी नगरपालिकाको स्वास्थ्य शाखाले अभिमुखीकरण कार्यक्रको आयोजना गरि अभियानबारे जानकारी दिएको हो ।

आइतबार दादुरा रुबेला खोप अभियानको पूर्व तयारीका लागि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको हो । नगर उपप्रमुख मीना खतिवडा पौडेलको अध्यक्षतामा भएको अभिमुखीकरणमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

उर्लाबारीका सबै वडामा तोकिएको केन्द्रमा खटिएका स्वास्थ्यकर्मीले ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई यो खोप लगाउने स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रेणुकाप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार सर्वसाधारणलाई सो रोग सबन्धी जनचेतना जगाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका खोप अधिकृत श्याम भण्डारीले खोप नलाउँदाको हानी–नोक्सानी, खोपबाट बञ्चित हुँदाको असर, खोपपछिको फाइदा लगायतका बारेमा सहभागीहरुलाई सहजीकरण गरेका थिए ।

Want your business to be the top-listed Media Company in Morang?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Urlabari, Province-1
Morang
56604