Mulpati
This is an Online News portal from Nepal.
नेकपा (एमाले) जिल्ला कमिटी रुकुम पश्चिमकाे आज सम्पन्न बैठकले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको उम्मेदवार नन्दराम देवकाेटा र राष्ट्रिय सभाको उम्मेदवार गाेबिन्दबहादुर केसीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
देवकोटा पार्टीको जिल्ला अध्यक्ष र केसी पार्टीको सल्लाहकार समिति सदस्य हुनुहुन्छ ।
सुर्खेतको वीरेन्द्रनगरमा कोठामा कोइला बालेर सुत्दा एक शिशुको मृत्यु भएको छ, भने अन्य तीन जना बेहोस भएका छन्।
मृत्यु हुनेमा ३८ दिनकी शिशु प्रतीक्षा बुढा छिन्, भने अन्य बेहोस हुनेहरूमा आमा र भदैनी रहेका छन्।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ, र चिसोबाट बच्न कोइला बाल्दा सावधानी अपनाउन आग्रह गरेको छ।
01/01/2026
पार्किङमा राखेको अटोका टायर चोरी !
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १४ निवासी पूर्ण बहादुर ओलीको अटोका टायर चोरी भएका छन् ।
गएराती पार्किङमा राखेको अटोका तीन वटै टायर चोरी भएका हुन् ।
पीडितले घटनाबारे प्रहरीलाई जानकारी गराउनु भएको छ ।
01/01/2026
जाजरकोटकी सुमी खड्का ‘द स्पिकिङ टाइटन’ को फाइनलमा"
कर्णाली प्रदेशको जाजरकोटबाट उदाएकी सुमी खड्काले राष्ट्रिय स्तरको रियालिटी शो ‘द स्पिकिङ टाइटन’ को टप ६ फाइनलिस्टमा आफ्नो स्थान सुरक्षित गरेकी छिन्।
हाल चार्टर्ड एकाउन्टेन्सी (CA) अध्ययन गर्दै पेशागत रूपमा पनि कार्यरत खड्का कर्णालीबाट फाइनलसम्म पुग्ने एकमात्र आवाजका रूपमा उदाएकी छिन्।
यस सिजनमा डिजिटल अडिसनमा ३,००० भन्दा बढी प्रतिस्पर्धी सहभागी थिए।
खड्काले ती सबैलाई पार गर्दै
फिजिकल अडिसन, सर्वाइवल स्टेज, ‘कठिन परीक्षा’ र विभिन्न चुनौतीपूर्ण चरणहरू पार गरिन्।
टप ५० → टप ३० → टप २० → टप १५ → टप १० हुँदै
अन्ततः टप ६, अर्थात् ग्रान्ड फिनालेमा प्रवेश गर्न सफल भइन्।
यस यात्राको सबैभन्दा गर्विलो पक्ष —
यो सिजनको फाइनलमा कर्णाली प्रदेशबाट, जाजरकोट जिल्लाबाट एकमात्र प्रतिस्पर्धी सुमी खड्का हुन्।
कर्णालीको नाम सुनिँदा अविकास, गरिबी, अवसरको कमी, अशिक्षा जस्ता शब्दहरू जोडेर हेर्ने प्रवृत्ति आज पनि छ।
तर यस पटक खड्काको आवाजले त्यो दृष्टिकोण चिरेर देशभर संदेश पठाइरहेको छ
“कर्णालीका युवाहरू सपनासहित उठ्न सक्छन्, कर्णालीले पनि राष्ट्रिय मञ्चमा आवाज बुलन्द गर्न सक्छ भन्ने देखाउन पाउनु मेरो गर्व हो,”
खड्काले फाइनलअघि भनिन्।
अब फाइनलको तयारीसँगै उनी
देशभरबाट समर्थन र भोटको अपील गर्दैछिन्।
उनको भनाइमा—
“यो मात्र मेरो जित होइन, यो कर्णालीको जित हो।
यो जाजरकोटको जित हो।
मलाई जिताउन तपाईंहरूको भोट, तपाईंहरूको साथ आवश्यक छ।
मलाई जिताउनु भनेको कर्णालीलाई आवाज दिनु हो।”
फाइनल नजिकिँदै जाँदा
सुमी खड्काको उपस्थिति स्वयं कर्णालीको विजय सावित भइरहेको छ।
अब सारा नेपालले हेर्न बाँकी छ —
के यो आवाज, जुन जाजरकोटका डाँडाबाट उठेको थियो, राष्ट्रिय शीर्षक बनेर प्रतिध्वनित हुन्छ?
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Musikot, Rukum West
Musikot
22000