SMS

SMS

Share

I ❤ 🇳🇵

Photos from SMS's post 17/07/2026

एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग सुपर ओभरमा पराजित भएपछि नेपाली युवा टोलीका खेलाडीहरू भावुक बने। अन्तिमसम्म संघर्ष गरेर पनि जित हात नपरेपछि मैदानमा निराशा छाएको थियो।

सुपर ओभरमा नेपालका लागि बलिङ गरेकी रिया शर्माले भावनालाई रोक्न सकिनन्। टोलीका साथीहरूले उनलाई अँगालो हाल्दै सान्त्वना दिएका दृश्यले सबै क्रिकेट समर्थकको मन छोएको थियो।

उता यूएई फाइनल प्रवेशको खुसी मनाइरहेको थियो भने यता नेपाली टोलीको उपाधि सपना टुटेको थियो। तर एउटा हारले यी प्रतिभाशाली खेलाडीहरूको यात्रा रोकिँदैन।

यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई लगातार दोस्रो पटक यू–१९ महिला एसिया कपमा पुर्‍याउने ऐतिहासिक उपलब्धि हासिल गरेको यो टोलीले सम्पूर्ण नेपालीलाई गर्व गर्ने अवसर दिएको छ।

हाम्रो चेलीहरूलाई धेरै धेरै बधाई र आगामी चुनौतीका लागि हार्दिक शुभकामना! भविष्य अझ उज्यालो छ। 🇳🇵👏

Want your public figure to be the top-listed Public Figure in Narayanghat?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Narayanghat