Dhana Raj Acharya
Mayor of Pokhara Metropolis
19/09/2025
हार्दिक शुभकामना !
नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानका खातिर पटक-पटकको त्याग र बलिदानको गौरवपूर्ण इतिहासको जगमा विविधता बिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण गर्दै आर्थिक समानता, समृद्धि र समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प सहित लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित संविधान हाम्रो मूल कानुन हो ।
संविधानमा गरिएका व्यवस्थाहरूको कार्यान्वयन मार्फत समाजवादको आधार निर्माण गरी मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने यसको मूल ध्येय हो । संवैधानिक व्यवस्था अनुसार नागरिकहरूको नजिकको सरकारका रूपमा पोखरा महानगरपालिका क्रियाशील छ । नगरवासीहरूको चाहाना बमोजिम समुन्नत र समृद्ध पोखरा निर्माण गर्ने लक्ष्यका साथ महानगरपालिकाले आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको छ । महानगरको दिगो भविष्य निर्माणका लागि “समुन्नत पर्यटकीय पोखरा” को दीर्घकालीन सोच र “समुन्नत पोखराको आधार सबल अर्थतन्त्र र पूर्वाधार” भन्ने नाराका साथ हामी हाम्रा योजना र कार्यक्रमहरू कार्यान्वयन गरिरहेका छौँ ।
संविधानको मर्म र भावना अनुसार नागरिकका चाहाना र आकांक्षहरुलाई अधिकतम सम्बोधन गर्ने गरी उपलब्ध स्रोत र साधनको परिचालन मार्फत हामीले हाम्रा नीति योजना र कार्यक्रमहरू केन्द्रित गरिरहेका छौँ । अन्त्यमा संविधानको सफल कार्यान्वयन मार्फत समृद्ध मुलुक निर्माण गर्ने दिशामा अघि बढ्न सम्बद्ध सबै पक्षलाई आह्वान गर्दै संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धनराज आचार्य
नगर प्रमुख
14/09/2025
बालबालिकाहरुको संरक्षण, विकास र सहभागिताका लागि डृढ प्रतिवद्धता सहित सम्पूर्ण बालकालिकाहरुलाई राष्ट्रिय बाल दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धनराज आचार्य
नगर प्रमुख
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
Nayabazar
Pokhara
33700