SAFAL POST
सफल पोष्ट डटकमको आधिकारिक पेज ।
www.safalpost.com
11/07/2026
एसीसी यू–१९ महिला प्रिमियर कप २०२६ मा नेपालले शानदार सुरुआत गरेको छ। प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी यात्रा थालेको हो।
10/07/2026
मिति २०८३।०३।२६ गते अं. १८:४० बजे जिल्ला नवलपरासी सरावल गा.पा. १ हर्कट्टा स्थित पुर्ब पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको लु २ ख ४३३ नं. को मार्बल लोड गरेको ट्रक बिपरित दिशाबाट जादै गरेको ग १ क २९६५ नं. को ट्रकमा ठक्कर खाई अनियन्त्रित भई पैदलयात्रीलाई समेत ठक्कर दिदा पैदलयात्री हाल नामथर नखुलेको बर्ष अं. ५५/६० को पुरुष ब्यक्तिको टाउको र शरिरको बिभिन्न भागमा चोट, उपचारको लागी जिल्ला अस्पताल परासी पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको, शव सोहि अस्पतालमा रहेको, दुबै सवारी साधन र दुबै ट्रक चालक प्रहरीको नियन्त्रणमा, बाटो अबरोध नभएको,
चालकहरुः-
१) लु २ ख ४३३ नं. को ट्रक चालक जिल्ला नवलपरासी सुनवल न.पा. ३ बस्ने बर्ष अं. ३७ को धर्मराज चमार
२) ग १ क २९६५ नं. को ट्रक चालक जिल्ला रुपन्देही देवदह न.पा. ९ भलुही बस्ने बर्ष अं. ३५ को किसान खड्का
मृतक जिल्ला नवलपरासी सुनवल न.पा. १२ हर्कट्टा बस्ने बर्ष अं. ६५/७० को रामु रेग्मी , शव सोहि अस्पतालमा रहेको,
06/07/2026
रास्वपा सांसद क्रान्तिसिखा धितालले सुकुम्बासीहरूको व्यवस्थापन आवश्यक भए पनि सरकारले मानवीय संवेदनशीलता, योजना र जिम्मेवारीका साथ काम गर्न नसकेको बताएकी छन्। सडकमा सुकुम्बासीका आँसु बग्नु राज्यको कमजोरी र असक्षमताको संकेत भएको उल्लेख गर्दै उनले सरकारले आफ्नो वाचापत्रअनुसार अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरिन्।
लुम्बिनी प्रदेश २०८३/८४ को बजेटको 'अन्तिम भोज' जस्तै:जनता बासको पुलमा हिँड्न बाध्य, मन्त्री भने आफ्ना पार्टीका नेताका खेतसम्म बजेट बोक्न व्यस्त : खड्ग बस्नेत
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Sunwal
Sunwal
33015