Student life
बिदयारती जिबन भनेको दुखित जिबन हो
चट्याङको डर र बच्ने उपाय
मणिरत्न शाक्य – सुरु सुरुमा आकाशको माथिल्लो भागमा बिजुली चम्कने गर्छ । यस्तो चट्याङबाट मानवीय हानी नोक्सानी हुने गर्दैन । तर जव आकाशमा छिटो छिटो बिजुली चम्कने र क्षण क्षणमा मेघ गर्जनको आवाज सुनिन थाल्छ तब चट्याङको डर बढ्दै जान्छ ।
चौका र छक्कासँगै सिकेको क्रिकेटको बाह्रखरी
मिलन तिमिल्सिना - सबैजना क्रिकेट हेर्न बसेपछि आफु त्यसै चूप लागेर बस्ने कुरा पनि भएन । साथीहरुसँग हार मिलाएर हेर्न बसियो । तर मेसोमेलो केही पाइएन । कहाँ के भएपछि ताली र हुटिङ गर्ने हो भेऊ खुट्याउनै गाह्रो भयो । कराउने बेला भयो होला भनेर अरु भन्दा छिटो उफ्रन खोजेको एक्लै परियो ।
चैत महिनाको माहात्म्य
सिल्भिया राजोपाध्याय – राजनैतिक उथलपुथल हुने महिनाको रुपमा परिचित चैत महिनाको माहात्म्य यतिमा मात्र सिमित छैन । अभिभावकलाई मानिसिक तनाबमा राख्न पनि यो महिनाले ठूलै भूमिका खेल्छ नै । राजनीतिसँग सँगै शिक्षा क्षेत्रमा पनि यो महिनाको विशेष महत्व छ नै ।
जब सुपरटेनले कठालो समाए
लक्ष्मण कार्की– यत्ति सानो मान्छेले पनि चोर्ने ? पछाडिपट्टिबाट आएको धोद्रे स्वरले मलाई झसंग बनायो । झस्किसक्दा नसक्दै कसैले मेरो कठालोमा समातेर उचालिसकेको थियो । आफ्नै धुनमा उत्तर लेखिरहेका बेला भोग्नुपरेको यो विपत मेरो सातोपुत्लो उडाउन पर्याप्त थियो ।
नेपाली क्रिकेटका मुख्य ३ समस्या
जनकराज भट्ट, काठमाडौ – अहिले नेपाली क्रिकेटमा ३ वटा मुख्य समस्या छन् : पहिलो, उमेर समूहका खेलाडीहरु तथा बेन्चस्ट्रेन्थको अभाव । दोश्रो, स्थायी तथा उपयोगी क्रिकेट लिग र पूर्वाधारको अभाव र तेश्रो, राज्य तथा गैरराज्य पक्षको उदासिनता हो । यी सबै समस्याका बाबजुद नेपाली खेलाडीहरुले देखाएको साहस र प्रदर्शन अतुलनीय छ ।
चोली नरंग्याउने त्यो होली
मिलन तिमिल्सिना – होली आउने बेला पहिले पनि गीत सुनिन्थ्यो ‘होलीले मेरो रंग्यायो नयाँ चोली ।’ गाउँठाउँमा जन्मे, हुर्केका हामीलाई थाहा भएको त होलीमा अनुहार रंग्याउने हो, चोली होइन । होलीमा चोली भिजाउनु र रंग्याउनुको अर्थ केटाकेटीमा थाहा हुने कुरा पनि भएन ।
उबेला र अहिलेका नारायण श्रेष्ठ
मिलन तिमिल्सिना - गाउँकै चरिमारे स्कुलबाट सातकक्षा पास गरेपछि माथिल्लो कक्षा पढ्न मैले अन्तै जानुपर्ने भयो । आफैं भात पकाएर खान नसक्ने स्यान्द्रे र लुते भएकाले धादिङबेसी या गजुरीमा डेरा गरेर राख्न बाआमालाई मन भएन । त्यसैले चरौंदी पारी गोरखा घ्याल्चोकको सीता दिदीलाई मेरो जिम्मा लगाइदिनुभयो ।
गुफाभित्रबाट रिपोर्टिङ गर्दा
बोमलाल गिरी– गएको भदौ २३ गते काठमाडौमा न्यु मिडिया गुफामा बसेका हामीहरु त्यसको ५ महिनापछि ग्रामीण मिडिया गुफाका लागि पोखरातिर गयौं । यसपटकको गुफा पहिलेको भन्दा धेरै अर्थमा भिन्न थियो । पहिले न्यु मिडिया (इमेल, इन्टरनेट, फेसबुक, ट्वीटर, स्काइप आदि) बाट समाचार संकलन गर्नुपर्ने थियो ।
त्यो देश बाहिर कसरी पुग्यो ? प्रश्न खट्किरह्यो
सिल्भिया राजोपाध्याय – सदा झै इमेल खोलें, सधैं नै आइरहने एउटा विदेशी अनुवादसँग सम्बन्धित संस्थाको इमेल 'URGENT' लेखिएकोले पहिले पढें । करिब ५०० वर्ष जति पुरानो लामो पौभामा रहेका शब्दको अनुवाद गर्नुपर्ने, नेपाली अक्षर हो कि होइन निश्चित गरेर छिटै जवाफ पठाउँ भन्ने आशयको इमेल रहेछ ।
कलंकीमा यात्रुलाई यसरी घुमाइन्छ फन्फनी
मिलन तिमिल्सिना - पछिल्तिर झोला भिरेर माइक्रोबसबाट कलंकी चोक ओर्लने बित्तिकै स्यालले कुखुरा झम्टेझैं दुई/तीनजना मान्छे हात तान्न आइपुगे । एउटाले बोकिरहेको झोला नै समाउँला झैं गर्यो । ‘ए दाई कहाँ जाने, पूर्व हो ?’ हैन भन्न नपाउँदै अर्को तान्न आइपुग्यो–‘पश्चिम कहाँसम्म, नारायणघाट, बुटवल...?’
न पण्डितले शास्त्र माने, न जजमानले
मिलन तिमिल्सिना/उज्यालो । फागुन २० - हतारमा विहे गरेर फुर्सदमा पछुताउने ! नेपाली समाजमा प्रचलित उखान हो यो । विवाहजस्तो महत्वपूर्ण क्षणमा मात्रै होइन, अरु कामधन्दामा समेत हतार गर्नु हुँदैन नत्र पछुताउनुपर्ला भनेर यो उखानले सचेत गराउन खोजेको छ ।
बिहेको साईत भेट्न बेहुला मोटर साईकलमा जन्ती बसमै अलपत्र !
विनोद ढकाल - आइतबार विहान हामी ४ जना गोरखाबाट काठमाडौंतर्फ आउँदै थियौं । सामान्यतया गोरखाबाट काठमाडौसम्मको झण्डै १ सय ४० किलोमिटर यात्रा सार्वजनिक यातायातले सरदर ४ घण्टामा पार लाउँछन् ।
सडक बालबालिका : समस्या सडकमा हैन घरमा
भीमसेन राजवाहक - विवेक सानैदेखि सडक बालबालिकाप्रति संवेदनशील भयो । उस्को जन्म दिन हो फेब्रुअरी २५ । यो पालि जन्मदिनमा केही बालबालिकालाई खाना खुवाउने र एकजोर लुगा दिने मन गरेर सात समुद्रपारिबाट फोन गर्यो । मैले “उनीहरुसँगै तेरो जन्मदिनको केक काटेर मनाउँछौ” भनेपछि उ झन खुसी भयो ।
लंगौटी खोल्ने बाबा र बुटी खोज्ने युवा
मिलन तिमिल्सिना - गाउँमा छँदा शिवरात्रीको बारेमा त्यति धेरै थाहा भएन । स्कूल विदा हुन्थ्यो । विदा भएको बेला गोठालो जानुपर्थ्यो । शिवको बहान गोरु र गाईबाख्रा लिएर वन जानुपर्ने भएकाले मन्दिर र मेलाको उतिसारो मेसो भएन ।
विज्ञानको नवीन खोजमा तल्लिन नेपाली दम्पती
सन् २००९ मा उनीहरुले बायोमेडिकल इन्जिनियरिङमा स्नातक सके । नेपालमा पहिलो पटक भित्रिएको यो संकायको पहिलो ब्याचका उत्कृष्ट दश विद्यार्थीमध्ये परेका यी जोडी सन् २०१० मा विवाह बन्धनमा बाँधिएका थिए । जनकपुरको एउटा मध्यम वर्गीय परिवारमा जन्मेका जितेश र काठमाडौंकी सावित्रीबीच प्रेम विवाह भएको हो ।
मध्यरात आर्यघाटमा जब चिता जल्न थाल्यो
मिलन तिमिल्सिना – आर्यघाटमा जलिरहेको चिता एकटकले हेरिरहँदा लाग्दोरैछ जीवन केही होइन । तर त्यहाँबाट निस्केर फेरि यहीँ नफर्कंदासम्म त जीवन फेरि धेरैथोक हो पनि रैछ । बाँचुञ्जेल काम, माम, दाम सबै चाहिँदोरैछ ।
बालुबाटारबाट उडेको जहाज किन सिंहदरबारमा उत्र्यो ?
बोमलाल गिरी – कुरा गत साल जेठ १४ गतेको हो । त्यस दिन दिउँसो बालुवाटारबाट उडेको जहाज संविधानसभा भवन नयाँ बानेश्वरमा पुगेर उत्रनु पर्ने थियो । तर संविधानसभा तिर नलागेर सिंहदरबारमा पुग्यो र त्यही उत्रियो ।
बाआमा भन्न लाज भएजस्तै भयो प्रजातन्त्र
मिलन तिमिल्सिना/उज्यालो – शहरबाट भर्खर गाउँ फर्केका ठिटाठिटीलाई आमा बा भन्न लाज भएजस्तो हिजोआज धेरैलाई प्रजातन्त्र भन्न लाज हुने गरेको छ । उन्नत बीउले रैथाने बालीनालीलाई विस्थापन गरेजस्तै गणतन्त्र र लोकतन्त्रले प्रजातन्त्रलाई ओझेलमा पारेको छ ।
यति हुँदा पनि किन पोल्दैन उनीहरुलाई ?
सुनिल न्यौपाने/उज्यालो – नेपालमा सयौं कामदारले काम गर्न सक्ने ठूला उद्योग नखुलेको सायद वर्षौं बित्यो होला । केहि एकाध होटल वा साना मसिना कारखाना खुल्नु नै देखाउन लायक कुरा भएका छन् । बेरोजगारी यति चरम अवस्थामा पुगेको छ की ‘मान्छे सप्लाइ गर्न’ त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा छुट्टै लाइन बनाउन थालिएको छ ।
ती प्रेमील सम्झनाहरु
लक्ष्मण कार्की – विहीबारे हाटका कारण आधा दिनमात्रै पढाई भएर स्कूल छुटेपछि आधा दर्जन जति साथीको समूह मोराहाङ डाँडातिर सोझियो । उनीहरुमध्ये एकजनाको किताबको चेपमा थियो खामको दायाँपट्टि प्रापकमा उनको नाम लेखेको एउटा चिठी ।
विश्वविद्यालय हो रेडियो
अच्युत घिमिरे 'बुलबुल' - काठमाडौं रेडियो जादूको छडी हो । तपाईं यसलाई कसरी प्रयोग गर्नुहुन्छ ? यही प्रश्नको जवाफमा एउटा निबन्ध लेखेर बुझाएपछि इटालीका नागरिक क्लाउडियो रोच्चीले मलाई रेडियोकर्मीका रुपमा पहिलो पटक छानेका थिए सन् १९९९ मा ।
राम्रो नाम छ, गतिलो दाम छैन
मिलन तिमिल्सिना – ‘१०/११ वर्ष भयो भन्छौ जागिर खाको, खै त अहिलेसम्म के नाप्यौ ? जुनसुकै बेला पनि लुखुरलुखर अफिस जान्छौ । एकैथरी लुगा महिनौंसम्म लाउँछौ । दालभात बाहेक अरु कहिल्यै मुखमा परेको छैन । अरुले भाको भए घरजग्गा जोडिसक्थे ।
बाटो बिराउँदाको आनन्द
गोपाल गुरागाईं – सम्झन खोज्दा कविको नाम सम्झनामा आएन, तर कविको कविताले भन्छ ‘हिँड्दा हिँड्दै बाटो हराएपछि हिड्नेले पनि हराउनु पर्दो रहेछ’ !
समावेशीकरणको राजनैतिक चुनौती
"नेपालको कानून दैवले पनि नजानून्" यो भनाई उत्तिकै पुरानो हो जत्तिको पुरानो नेपाल हो। बुढ़ापाखाको यो परापूर्वकालदेखि को चलि आएको ऐतिहासिक भनाई हालसम्म पनि व्यवहारमा उत्तिकै लागु छ, शंका गर्नु पर्ने छैन्, र सोको तात्पर्य अब स्पष्ट हुदैं गईराखेको छ। हाम्रो देशको परिस्थिति देख्दा, हाल सम्म उपर्युक्त संविधान बन्ने बनाउने कार्य जारी छ।
बिजुली काट्ने ठाउँमा नेता राख्न पाए
मिलन तिमिल्सिना – तालिका परपर सार्दै जाने दलका नेतालाई पालैसँग विद्युत्त प्राधिकरणको लाइन काट्ने ठाउँमा नियुक्त गर्ने हो भने कहिल्यै पनि लोडसेडिङ हुँदैन । लोडसेडिङको तालिकामा उपभोक्तालाई सात समूहमा विभाजन गरिएको छ, ठूला भनिने सातै दलका नेतालाई एकएक समूहमा नियुक्त गर्ने ।
थाङ्नामा बसेर थाङ्ने भन्नेलाई
मिलन तिमिल्सिना – थाङ्नामा गुटमुटिएर हुर्किएका हामी अरुलाई थाङ्ने देख्छौं र माग्ने पारामा विदेशीको नक्कल गर्छौं । पाखापखेरा भुलेर पाखे भन्दै पश्चिमा काखामा पल्टिन खोज्छौं । हाम्रा आफ्नै चालचलन र संस्कृति देखेर वाक्क गर्छौं र अरुको इशारामा मख्ख पर्छौं ।
मेडिकल कलेजको सम्बन्धन, दलको स्वार्थ र डा. केसीको सत्याग्रह,
श्रीधर पौडेल – प्रायः राजनीतिक वहसले तात्ने हाम्रो समाज केही दिनदेखि सामाजिक÷शैक्षिक मुद्दाले तरंगित भईरहेको छ । अर्थात् मेडिकल शिक्षाको सुधारलाई केन्द्रमा राखेर डा. गोविन्द केसीले सुरु गर्नुभएको सत्याग्रहले नीति निर्माता, आम नागरिक, नेपाली मिडिया र समग्रमा भन्दा पुरै समाज हल्लिएको छ ।
बाआमा मख्ख पार्ने मज्जाको उपाय
हेमराज अर्याल – छोराछोरी जन्मिँदा निकै खुशी हुने बाबुआमा छोराछोरी हुर्किएपछि उनीहरुले गर्ने व्यवहारबाट प्रायः निराश हुन्छन् । कारण हो, बुढेसकालमा छोराछोरीबाट गरिएको अपेक्षा देख्न नपाउनु । अझ छोराबाट आसभरोसा गर्ने बाबुआमा धेरै हुन्छन् ।
मिस यु ! माघेनी मेला
लक्ष्मण कार्की – अल्लि पर्तिर खेतमा पात्लेका स्याउलाले बेरेका टहरामा होटल खुलेका होलान् । उसिनेर छोडाइवरि बेसारले पहेंलो पारेका अण्डा, चना, चाउमिन, खोयाबिर्के र स्याउलीबुजेको साथमा देशी बोतलमा प्याक भएका तरल पदार्थ मेनुमा होला । उसो त सानो हुँदा ताका हाम्रै दोकान हुन्थ्यो यस्ता मेलामा ।
सकिनसकी काम गर्छन् डाँडामाथिका घाम
मिलन तिमिल्सिना – ‘हजुरआमा सञ्चै हुनुहुन्छ ?’ ‘सञ्चै बाबु, मैले चिनिन त...’ ‘म मेनुका दिदीको भाइ, ठूल्दाइको जेठा छोरा क्या हजुरआमा...’ ‘ओहो बाबु..., कहिले आउनुभएको ? एउटा आँखाले केही देख्दिन, अर्कोले चाहिँ धमिलो मात्रै देख्छ....थलाँ परें बाबु....डाँडामाथिको घामजस्तो भएको छु..।’
सास गन्हाउँछ ? यसो गर्नुहोस्
डा. अरुणा उप्रेती - विचार गर्नोस् त ! मनपर्ने मानिससँग तपाईंको भेटघाट भइरहेछ र त्यो व्यक्तिले तपाईंसँग कुरा गर्दागर्दै मुख छोपेर उता फर्क्यो भने । तपाईं कुनै कामका लागि अन्तरवार्ता दिन जाँदै हुनुहुन्छ, तपाईंलाई विश्वास छ, तपाईं यो अन्तरवार्तामा सजिलै सफल हुनुहुनेछ ।
चिसो कर्णालीमा ६ घण्टा हेलिँदा
मिलन तिमिल्सिना – नदी र खोला नजिक घर भएपनि जिन्दगीमा अहिलेसम्म पौडी खेल्न जानेको छैन । भाइहरुसँग कहिलेकाहीँ थोपलखोलामा घुँडाघुँडा आउने पानीमा भ्यागुते स्टाइलमा डुबुल्की मारिन्थ्यो ।
वर्ष दिनमा संविधान बन्छ त नेताज्यू ?
मिलन तिमिल्सिना – अब त संविधान बन्छ भन्ने जनताको यो उत्साह महिना दिनमै भत्कन खोजेको छ । एक महिनासम्म त जनताको विश्वास कायम राख्न नसक्नेले वर्ष दिनमा कसरी संविधान दिन सक्छौ ? सबैले प्रश्न गर्न थालेका छन् नेताज्यू ! जवाफ के दिनुहुन्छ ?
प्रहरी हेल्चेक्य्राईंले यसरी दियो तनाव
माधव दुलाल – बेलुकीको सवा नौ बजिसकेको थियो । मोवाइलमा घण्टी बज्यो । ‘नमस्कार नमस्कार सञ्चै हजुर ?’ मैले भनें । सधैंजस्तो ‘सञ्चै, हजुरलाई नि ?’ भन्ने ज्वाईंको स्वभाविक जवाफ आज आएन । घुमाई फिराई र निकै गमेर ‘बहिनी त्यहाँ आएकी छ’ भनेपछि मैले ‘यहाँ त छैन’ भनें ।
कहिलेसम्म यसरी नै बचाउन सकिएला ?
सुनिल न्यौपाने – दुवै मृगौलाले काम गर्न छोडेपछि थलिएका पत्रकार बीके पाल्पालीलाई सहयोग गर्नेहरु थपिंदै गएका छन् । सरकारले दिएको ५ लाखमा देश बिदेशबाट सहयोगी मन भएका नेपालीले पठाइदिएको रकम थपिने क्रम चलिरहेको छ ।
सद्दे मान्छेको समेत बेहाल बनाउने अस्पताल
मिलन तिमिल्सिना– गोजीमा १७ हजार रुपैयाँ बोकेर छोरीको उपचारका लागि शिक्षण अस्पताल आइपुगेका बाराका एकजना मजदुर दिनभर अस्पतालमा भौंतारिए । अस्पतालमा विरामीको ठेलम्ठेल । टिकट लिंदादेखि डाक्टरलाई देखाउने बेलासम्म लामो लाइनमा घण्टौ पर्खनुपर्ने वाध्यता ।
हात खुट्टा फुट्ने समस्या र जोगिने उपाय
डा. अरुणा उप्रेती – हात, खुट्टा, गाला, ओठ फुट्ने समस्या साधारण स्वास्थ्य समस्याहरू हुन् । ओठ शरीरको सानो भाग भए पनि यो फुट्यो भने निकै दुःख दिन्छ । केहि खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ । जाडोको समय वा सुख्खा धूलो चल्ने मौसममा सबभन्दा बढी ओट फुट्छ ।
किन आयो भीमसेनलाई ‘पसिना’ ?
मिलन तिमिल्सिना– कुद्ने मान्छेलाई समेत सितिमिति पसिना ननिस्कने चिसोको यो बेला एकै ठाउँमा रहिरहेको दोलखा भिमेश्वरको शिलामा आइतबार ‘पसिना’ आयो । सात वर्षपछि शिलामा पसिना देखिएको भन्दै देख्नेहरु आत्तिए । शंखघण्ट बजाएर पूजाआजा गरे । कपासले शिला पुछे । केही नहोस् भन्दै प्रार्थना गरे ।
जापानको नानमा धन खोज्ने सपना
मिलन तिमिल्सिना – गाउँको सानो झुपडी । सेतै फुलेकी हजुरआमा, दिनरात कामको बोझले लखतरान भएका बाआमा, गरिबी र अभावमा बाँचेका भाइबहिनी । एकबाली धान फल्ने खेत, सिजन परे मकै र कोदो फल्ने थोरै पाखोबारी । डाँडामाथिको घामजस्तै भएकी हजुरआमा अझै ठमठमती हिँड्नुहुन्छ ।
एकरात अस्पताल बस्दा...
मिलन तिमिल्सिना – अस्पतालमा रातभर बसेर बिरामी नकुरेको पनि धेरै नै भएको रहेछ । १२/१५ वर्ष पहिले ठुलो हजुरबा बिरामी भएर ल्याउँदा वीर अस्पतालमा दुईरात जति कुरेर बसेको थिएँ । ओम ठुलो बा, शिव काका, रामचन्द्र दाइहरुसँगै ।
Click here to claim your Sponsored Listing.
Contact the school
Telephone
Website
Address
Surkhet
Surkhet
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |