Learning Academy
I want to make access to high school education for each student in every corner of Nepal.
करिब दश महिना अगाडि आधुनिक सूचना प्रविधिको सदुपयोग गर्दै आफुमा अन्तर्निहित ज्ञान अरु समक्ष पुर्याउने उत्कट अभिलाषा सहित शुरु भएको थियो https://www.facebook.com/your.Dipan यो फेसबुक पेज | के ज्ञान बाड्ने त भनेर सोच्दै गर्दा कक्षा १० मा अध्ययन गर्दै SEE तयारी गर्नुहुने भाइ बहिनीहरुलाई केही सहज हुनसक्छ यदि अनिवार्य गणितका समस्याहरुको समाधान गरिदिएको खण्डमा भन्ने विचार मस्तिष्कमा झट्ट आयो | ज्ञान बाड्ने कार्य त प्रत्येक पाठशालामा अनिवार्य गणित विषय पढाउने सरले पनि गरिरहनु भएको छ भने तपाई किन जान्ने हुनु पर्यो भन्ने जिज्ञासा पनि धेरै जनाको मनमा लागिरहेको हुन सक्छ | जिज्ञासा लाग्नु स्वाभाविक नै हो | यसको पछाडि पनि केही कारणहरु यस्ता छन् कि म गम्भीररुपमा सोच्न बाध्य भएको छु | पहिलो प्रमुख कारण के हो भने मेरो सरकारी सेवाको क्रममा नेपालका यस्तो दुर्गम गाउँवस्तीहरुमा पुगेको छु, जहाँ मा.वि. तहमा अनिवार्य गणित पढाउने शिक्षकहरुको महिनौ सम्म अभाव भएर पठनपाठन मै कठिनाइ उत्पन्न भएको मेरो आँखाले स्वयम् देखेको छु | यस्तै दुर्गम क्षेत्रमा समयमै पाठ्यपुस्तक नपुगेर पठनपाठनमा उत्पन्न हुने जटिलता अर्को मुख्य कारण हो | मलाई लाग्दछ माथिका समस्याहरु अहिले पनि देशका दुरदराजका वस्तीमा कायमै रहेका छन् | मेरो सानो सहयोगले केही राहत दिन सक्छ कि भन्ने हेतुले यो प्रयासको सुरुवात गरेको हुँ | मेरो लक्षित वर्ग भनेको दुर्गममा बसेर अध्ययन गरिरहेका, इन्टरनेट मार्फत् सारा विश्व संग जोडिएका तर पाठ्यपुस्तक समयमा स्कुलमा नपुगेका र विषय शिक्षकको अभावमा तडपिन बाध्य हजारौं जेहेन्दार र मेहेनती छात्रछात्रा हुन् | यसको मतलव अन्य इच्छुक भाईबहिनीहरुले पनि यसबाट आफ्नो आवश्यता अनुसार लाभ लिन सक्नुहुन्छ | यो सानो शुरुवात मात्र हो, अझै यहाँहरुसंग प्रत्यक्ष अन्तरक्रिया गर्दै गणितीय समस्याहरुको समाधान गर्ने सोच बनाएको छु | कक्षा १० को अनिवार्य गणित समाप्त भएकोले अब केहि समयको विश्राम पश्चात् ऐच्छिक गणितको समस्याको समाधान लिएर आउने जमर्को गरिरहेको छु | अहिले सम्म हजुरहरुले दिनु भएको माया र सम्मानको उच्च कदर गर्दछु | अन्त्यमा, यहाँहरुले यो https://www.facebook.com/your.Dipan पेजलाई धेरै भन्दा धेरै भाइ बहिनीहरु समक्ष पुर्याउन सहयोग गर्नुहुनेछ भन्ने आशा लिएर निकट भविष्यमा भेट्ने वाचा सहित अहिलेलाई बिदा लिन्छु | हवस् त नमस्कार |
It was started about ten months ago with a strong desire to share the inherent knowledge with others using modern information technology https://www.facebook.com/your.Dipan through this page . While thinking about what to gain knowledge, the thought came to mind that it would be easier for the brothers and sisters who are studying in Class 10 and preparing for SEE if they solve the compulsory math problems. The work of imparting knowledge is being done by the teacher who teaches compulsory mathematics in every school, so many people may be wondering why you need to be knowledgeable. It is natural to be curious. There are some reasons behind this that I am forced to think seriously. The first major reason is that during my government service, I have reached such remote villages of Nepal, where I have seen with my own eyes that there has been a shortage of secondary level teachers who teach compulsory mathematics for months. Another main reason is the difficulty in teaching due to the lack of timely delivery of textbooks in remote areas. I think the above problems are still present in remote areas of the country. I started this effort to see if my little help can give some relief. My target group is the thousands of hard working students who are studying in remote areas, connected to the whole world through the internet, but who do not get textbook during time and are forced to suffer due to lack of subject teachers. This means that other interested brothers and sisters can also benefit from it according to their needs. This is just a small beginning, I have thought of solving mathematical problems by directly interacting with them. Since the compulsory mathematics of class 10 is over, now I am trying to come up with the solution of the problem of optional mathematics after some time break. I highly appreciate the love and respect you have given me so far. Finally, I hope that you will help to bring this https://www.facebook.com/your.Dipan page to more and more brothers and sisters, and promise to see you in the near future. Finally hello and namaste to all.
Learning Academy I want to make access to high school education for each student in every corner of Nepal.
I have just finished all types of problems relating to Probability. I hope to have constructive comments and feedback from all aspirants.
सम्भाव्यता सम्बन्धित सबै किसिमका समस्याहरु भर्खर समाप्त गरेको छु | इच्छुक विद्दयार्थीहरुबाट रचनात्मक प्रतिक्रिया र पृष्ठपोषणको अपेक्षा राखेको छु |
20/12/2023
Probability Formulae & Key Points : Day 1
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Website
Address
Putalibazar Municipality-4
Syangja