Newsparsa

Newsparsa

Share

Facing the truth

09/07/2026

किस्ताबन्दीमा समान दिने बहानामा सञ्चालन भएको'अभियान डिजिटल वर्ल्ड'का सञ्चालक दिपेश बर्नवालसहित ३ जना फरार, सयौँ सर्वसाधारण पीडित


वीरगञ्ज। वीरगञ्जमा करिब तीन वर्षअघि किस्ताबन्दीमा विभिन्न सामग्री उपलब्ध गराउने भन्दै सञ्चालनमा आएको 'अभियान डिजिटल वर्ल्ड' का सञ्चालकहरू करोडौँ रुपैयाँ संकलन गरेपछि सम्पर्कविहीन भएको आरोप लागेको छ। घटनामा सयौँ सर्वसाधारण तथा बजार प्रतिनिधिहरू पीडित बनेका छन्।

पीडितहरूका अनुसार संस्थाले प्रत्येक सदस्यबाट रु. ३१ हजार ७२५ का दरले रकम संकलन गरेको थियो। केही सदस्यलाई करिब रु. १२ देखि १५ हजार बराबरको सामान उपलब्ध गराइए पनि अधिकांशलाई हालसम्म कुनै सामान नदिइएको गुनासो छ। तीन वर्ष बितिसक्दा पनि प्रतिबद्धताअनुसार सामान वितरण नगरी सञ्चालकहरू दिपेश बर्नवाल, सुशील सर्राफ र विष्णु काफ्ले सम्पर्कविहीन भएको पीडितहरूको आरोप छ। संस्थाका अर्का साझेदार ऋषिकान्त गुप्ता वीरगञ्जमै रहे पनि पीडितहरूलाई सामान उपलब्ध गराउन कुनै पहल नगरेको आरोपसमेत लगाइएको छ। त्यस्तै संस्थाका लेखापाल तथा सञ्चालक दिपेश बरवालका छोरा योगेश बरवाल विरुद्ध पनि उजुरी दिएको एक बजार प्रतिनिधिले बताए।

पीडितहरूको भनाइअनुसार सञ्चालकहरूबीचको मतभेद र आर्थिक बेइमानीका कारण संस्थाको काम पूर्ण रूपमा प्रभावित भएको हो। यसको प्रत्यक्ष असर सेवाग्राहीमाथि परेको उनीहरूको भनाइ छ। हजारौँ सदस्यले रकम बुझाए पनि अहिलेसम्म वाचा गरिएअनुसार सामान प्राप्त गर्न नसकेको दाबी गरिएको छ।

संस्थासँग आबद्ध बजार प्रतिनिधिहरूले पनि आफूहरू ठगिएको बताएका छन्। संस्थाको विश्वासमा परेर सर्वसाधारणलाई सदस्य बनाएको तर अहिले सामान नपाएका सेवाग्राहीबाट गालीगलौज, धम्की र मानसिक तनाव सहनुपरेको उनीहरूको गुनासो छ। आफूहरूले पनि संकलित रकम र सामानको कुनै हिसाब पाउन नसकेको उनीहरूले बताएका छन्।

यसैबीच, पीडित सेवाग्राही र बजार प्रतिनिधिहरूले आफूहरूबाट संकलन गरिएको रकम फिर्ता गराइदिन तथा घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय, पर्सामा सामूहिक उजुरी दिएका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार प्राप्त उजुरीमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। घटनाको वास्तविक अवस्था, पीडितको संख्या र आर्थिक क्षतिको यकिन विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाइएको छ।

09/07/2026

मौलापुरमा प्रधानमन्त्री बालेन्द्र शाहको पुतला दहन, प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै स्थानीयको विरोध

***n

09/07/2026

इम्तियाज आलमविरुद्ध नाराबाजी गर्दै वीरगन्ज महानगरका कर्मचारीहरु आन्दोलनमा

08/07/2026

सभामुखलाई कान सुन्नु हुन्छ कि हुदैन भनेर सोधेपछि संसद बैठक स्थगित

08/07/2026

बीरगंजको मुख्य सडक बिस्तारको काम आज बुधबार पनि जारि

Want your business to be the top-listed Media Company in Auckland?
Click here to claim your Sponsored Listing.

Telephone

Address


53 Bollard Avenue
Auckland
0600