Surendra Gurung
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Surendra Gurung, Artist, 1525 South Willow Street, Manchester, NH.
Portland Harbor मा Aavash मज्जा लिदै कति धेरै ताला हरु हुन ।
05/03/2026
बाबा छोरा 🌝👶😊❤️💙💞
02/20/2026
हार्दिक निमन्त्रणा !
तमु कलाकार कल्याणकारी कोष स्थापनार्थ “गुरुङ गीत संगीतका युग नायक” धन बहादुर गुरुङ सांगीतिक साँझ मा सम्पुर्ण गुरुङ गीत संगीत प्रेमी आदरणीय महानुभवहरुलाई हार्दिक निमन्त्रणा गर्दछु 🙏
सुरेन्द्र गुरुङ
निबर्तामन अध्यक्ष
तमू (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेश समिति, पोखरा
📅 मिति: २०८२ साल फागुन ८ गते
🕓 समय: बेलुकी ४:०० बजे
📍 स्थान: पोखरा रंगशाला, पोखरा
⸻
आयोजक:
तमु (गुरुङ) कलाकार संघ नेपाल
गण्डकी प्रदेश समिति
चुनाव नजिकिँदै गर्दा समर्थन र असहमति स्वाभाविक हुन्। तर सार्वजनिक बहसमा मर्यादा, सम्मान र जिम्मेवारी नबिर्सौँ।
अहिले नेपालको राजनीति बहस स्वाभाविक रूपमा उत्कर्षमा छ, किनकि चुनाव नजिकिँदै छ। यस्तो बेला सबैले आ–आफ्नो पार्टी, उम्मेदवार वा मनपरेका व्यक्तिलाई समर्थन गर्नु र बचाउ गर्नु बिल्कुलै स्वाभाविक कुरा हो।
हरेक व्यक्तिबीचको व्यक्तिगत साइनो, सम्बन्ध र भावनाहरू आफ्नै ठाउँमा होलान्।
तर सामाजिक सञ्जालजस्ता सार्वजनिक स्थलमा बहस, टिप्पणी र प्रतिक्रिया राख्दा अलिकति मर्यादित र सम्मानजनक भाषा प्रयोग गर्न सके राम्रो हुन्छ जस्तो लाग्छ। किनभने यो व्यक्तिगत संवाद होइन, समाजका सबैले देख्ने सार्वजनिक मञ्च हो।
अपशब्द प्रयोग गर्ने, यहाँको–त्यहाँको भनेर मानिसलाई वर्गीकृत गर्ने प्रवृत्तिले सकारात्मक सन्देश दिन्छ जस्तो मलाई लाग्दैन। झन् हामी नेतृत्व वर्गमा बसेका, बसिरहेका वा बस्न प्रयास गरिरहेका व्यक्तिहरूले त अझै जिम्मेवार र समावेशी सोच प्रस्तुत गर्नुपर्छ, ताकि भोलिका दिनमा हाम्रा भाइ–भतिजा र छोरा–नातिहरू पनि सकारात्मक सुझाव दिन उत्साहित बनून्।
आजको ग्लोबलाइजेसनको समयमा समाज र राजनीति कुनै एक भूगोल वा वर्गमा मात्र सीमित छैन। जहाँ बसेको मान्छेले पनि जहाँको नतिजामा प्रभाव पार्ने प्रयास गर्न सक्छ। सफल हुन्छ–हुँदैन त्यो आफ्नो ठाउँमा छ, तर सोच त फराकिलो हुनैपर्छ।
त्यसैले क्षेत्र, जात, ठाउँ वा लेबलभन्दा माथि उठेर सबैको भावना र विचारलाई सम्मान गर्ने गरी आफ्ना अभिव्यक्ति राख्न सक्नु नै आजको आवश्यकता हो। असहमति राख्न सकिन्छ, बहस गर्न सकिन्छ—तर सम्मानजनक तरिकाले।
कम्तीमा अभिव्यक्तिमा त हामी जिम्मेवार बन्न सक्छौँ नि!
#निर्वाचन #नेपालीराजनीति #प्रधानमन्त्रीकोदौड #संसदीयराजनीति #फागुन२१
Click here to claim your Sponsored Listing.
Category
Website
Address
1525 South Willow Street
Manchester, NH
03103